बिहीबार, चैत १५, २०८०
13:36 | १९:२१

कोरोना संक्रमणबाट दुबईमा ३९ वर्षका ढकालको मृत्यु

नेपाली लिङ्क मे १०, २०२०

लण्डन । कोरोना संक्रमणका कारण दुबईमा एक नेपालीको मृत्यु भएको छ ।

विगत १५ वर्षदेखि दुबईमा कार्यरत ३९ वर्षीय चुरामणि ढकालको अवुदावीमा उपचारकै क्रममा मृत्यु भएको उनका आफन्त समेत रहेका एनआरएनए यूके सचिव कोशलेश्वर ढकालले जानकारी दिए । ।

गत मे १ तारिखदेखि स्थानीय अस्पतालमा उपचाररत ढकालको शनिबार बिहान निधन भएको थियो ।

गुल्मी जोहांग पुर्ख्यौली भएका मृतक ढकालको बसाई पछिल्लो समय कपिलवस्तुको वाणगंगामा थियो ।

एनआरएनए यूके सचिव ढकालका अनुसार मृतक ढकालका श्रीमती, एक छोरा र एक छोरी छन् । अपांगता भएका छोरा उठ्न समेत नसक्ने अवस्थामा छन् । परिवारको आर्थिक अवस्था पनि निकै कमजोर छ ।

मृतक यसअघि अन्य कुनै गम्भीर स्वास्थ्यसमस्याबाट पीडित नभएपनि दुई वर्षअघि निमोनिया भएर दुबईमै उपचार गराएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू