बिहीबार, चैत १५, २०८०
11:40 | १७:२५

कोरोना अपडेटः विश्वभर २ लाख ५८ हजारको मृत्यु

रासस-एएफपी मे ६, २०२०

जेनेभा ।  कोरोनाभाइरस संक्रमणका कारण विश्वभर २ लाख ५८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३७ लाख ३० हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ७८७ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृत्युदरमा सामान्य गिरावट आएको छ ।

विगत २४ घण्टामा इटालीमा २३६, स्पेनमा १८५, फ्रान्समा ३३० र बेलायतमा ६९३ जनाको ज्यान गएको छ ।

संयुक्तराज्य अमेरिकामा पछिल्ला २/३ दिनसम्म मृत्युदर केही कम रहे पनि विगत २४ घण्टामा एकाएक मृत्यु हुनेको संख्या बढेको छ ।

विगत २४ घण्टामा अमेरिकामा २ हजार ३५० जनाको ज्यान गएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू