शनिबार, वैशाख १५, २०८१
22:26 | ०३:११

नेपालमा थप १० मा संक्रमण, कुल संक्रमित अब ६९

रासस मे ३, २०२०

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार १० जनामा संक्रमण भेटिएको पुष्टी गरे ।

प्रवक्ता देवकोटाका अनुसार, आइतबार नेपालगञ्जमा ९ र वीरगञ्जमा १ जनामा संक्रमण भेटिएको हो । नेपालगञ्जका संक्रमितमध्ये ५ जना पुरुष र ४ महिला छन् ।

त्यस्तै, वीरगञ्जमा एकजना ३६ वर्षका पुरुषमा संक्रमण पाइएको हो ।

यससंगै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या ६९ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ७३ हजारभन्दा बढीको परीक्षण गराइएको छ । ‘पिसिआर’ विधिबाट १३ हजार ४ सय १४ र ‘आरडिटी’ विधिबाट ५९ हजार ६ सय ८९ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू