शनिबार, वैशाख ८, २०८१
07:39 | १२:२४

झापामा ६२ वर्षीय वृद्धमा भेटियो कोरोना

रासस अप्रिल २४, २०२०

काठमाडौँ । झापामा एक ६२ वर्षीय वृद्धमा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार ती पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो ।

निज आइसोलेसनमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

योसहित नेपालमा कोरोना सङ्क्रमितको संस्था ४९ पुगेको छ भने निको भएर १० जना घर फर्किएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू