शनिबार, वैशाख ८, २०८१
22:54 | ०३:३९

छोराले गरे बाबुको हत्या

रासस अप्रिल १२, २०२०

भीमदत्तनगर, ३० चैत- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज छोराले बाबुको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँसमा ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार घरायसी विवादमा छोराले बुबाको हत्या गरेको प्रारम्भिक जानकारीमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पनि घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेल घटनास्थलतर्फ गएका छन् । बाबुको हत्या गर्ने छोरालाई इप्रका झलारीले नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू