मंगलबार, वैशाख १८, २०८१
07:52 | १२:३७

नेपालमा कोरोनाबाट थप ४ सय ६३ संक्रमित, १ सय ७९ डिस्चार्ज

नयाँ संक्रमित हुनेमा १ सय ५ महिला र ३ सय ५८ पुरुष

नेपाली लिङ्क जुन २८, २०२०

काठमाडौं ।  नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको  संख्या १२ हजार ७ सय ७२ पुगेको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ६३ जना कोरोना सङ्क्रमित थपिएको जानकारी दिएका छन्  ।

नयाँ संक्रमित हुनेमा १ सय ५ जना महिला र ३ सय ५८  जना पुरुष छन् । कुल सङ्क्रमित हुनेमा १ हजार ४ सय ७४ जना महिला र ११ हजार २ सय ९८ पुरुष रहेका छन् । गएको २४ घन्टामा १३ जना महिलासहित थप १ सय ७९ जना  डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुने कूल संख्या ३ हजार १३ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलबस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिमलगायतका जिल्लामा थप ४ सय ६३ जनामा कोरोना पुष्टि भएको  हो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ ।

यसैगरी २४ घण्टामा  आरडिटी विधिबाट २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ । देशभरीका क्वारेन्टिनमा रहनेको संख्या ६१ हजार ७ सय ३१ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याँकअनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू