बुधबार, २४ जुन, २०२६
19:13 | २३:५८

ग्लोबल आइएमई बैंकले बेलायतको लेष्टरमा अन्तरक्रिया गर्दै

नेपाली लिङ्क जुलाइ ७, २०२२

लन्डन । नेपालको वित्तीय क्षेत्रमा अग्रस्थानमा रहेको ग्लोबल आइएमई बैंकको बेलायतस्थित प्रतिनिधि कार्यालयले आगामी जुलाई ११ तारिख बेलायतको लेष्टरमा एक वृहत अन्तरक्रिया गर्ने भएको छ ।

बेलायत भ्रमणमा रहेका बखत बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा कार्यक्रम गर्न लागिएको बेलायतस्थित ग्लोबल आइएमई बैंकका प्रमुख प्रतिनिधि अमित चालिसेले जानकारी दिए ।

विदेशी मुद्रामा खाता खोल्ने तथा नेपालमा वैदशिक लगानीका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको जनाउंदै चालिसेले सम्पूर्ण लेष्टरवासीहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । कार्यक्रम सृजनशील लेष्टर नेपाल यूकेको संयोजनमा  हुन गइरहेको हो ।

नेपाल सरकारले हालै गैर आवासीय नेपाली र उनीहरुबाट प्रवद्र्धित संस्थाले नेपाली बैंकमा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, जापनिज येन र चिनिया युआनमा मुद्दती एवं वचत खाता खोल्न, विदेशी मुद्रामै आफ्नो वचत लैजाने व्यवस्था गरेअनुसार आइएमई बैंकले ग्राहकहरुलाई सहज र सुलभ तरिकाले सेवा प्रदान गर्दै आएको छ ।

बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दती निक्षेप खाता हुन् ।

खाता खोल्न थप सहज पार्दै  गैर आवासीय नेपाली संघबाट जारी भएको अद्यावधिक परिचयपत्र र सम्बन्धित व्यक्तिको राहदानी (स्वदेशी वा विदेशी) का आधारमा पनि खाता खोल्न सकिने छ ।

यस्तो खातामा अमेरिकी डलर एक हजार वा सो बराबरको उपर्युक्त परिवर्त्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनु पर्नेछ ।

ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू