बुधबार, २४ जुन, २०२६
19:13 | २३:५८

संखुवासभा सोसाइटी यूकेको वार्षिक उत्सव अगष्टमा

नेपाली लिङ्क जुलाइ ७, २०२२

लन्डन – बेलायतमा बसोवास गर्दै आएका संखुवासभा जिल्लावासीहरुको संगठन संखुवासभा सोसाइटी यूकेले अगष्ट १३ शनिबार वार्षिक उत्सव कार्यक्रम गर्ने भएको छ ।

अल्डरसटस्थित एम्पाएर ब्यान्क्वेटिंग हलमा गर्न लागिएको सो कार्यक्रम बिहान ९ देखि राति ९ बजेसम्म चल्नेछ । सोही अवसर पारेर शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुरयाउनेलाई सम्मान तथा प्रमाणपत्र वितरण साथै विविध नेपाली सांस्कृतिक नाचगान गरिनेछ ।

साथमा नेपाली खानपान र कक्टेल डान्स पनि व्यवस्था गरिएको आयोजकले बताएका छन् । धर्म संस्कृति र परम्पराको जगेर्ना गर्ने तथा आपसी सद्भाव कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

सोसाइटीले आपतविपतलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । सोसाइटीले वार्षिक उत्सवमा सहभागी भइ कार्यक्रम सफल बनाउन बेलायतका विभिन्न स्थानमा रहेका संखुवासभावासीलाई आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू