बेलायती महारानीको सुरक्षामा गोर्खाहरु योग्य


बेलायती महारानी एलिजावेथ द्वितिय । तस्बिर- एपी
लन्डन । बेलायती महारानी एलिजावेथ द्वितियको रक्षाका लागि ब्रिटिश गोर्खाहरु योग्य ठहरिएका छन् ।
बकिङहम प्यालेसमा रानीको सुरक्षाका लागि वान स्क्वाड्रोन, टेन द क्वीन्स् वन गोर्खा लजिस्टिक रेजिमेन्टका सदस्यहरु योग्य भएका हुन् ।
यही ८ मेबाट गोर्खाहरुले रानीको गार्डका रुपमा ड्यूटी शुरु गर्ने बताइएको छ ।
रानीको रक्षामा खटिने गोर्खाहरु वेलिङटन ब्यारेक्स् लन्डनमा अन्तिम तयारी गरिरहेका फोर्सेस् डट नेटले जनाएको छ ।
बेलायती महारानीले आउंदो जुन महिनामा राजगद्दी आरोहणको ७० वर्ष (प्ल्याटिनम जुब्ली) मनाउंदै छिन् जुन ब्रिटिश राजतन्त्रमा सबैभन्दा लामो अवधि हो । सो अवसरमा ३ जुनमा बेलायतमा सार्वजनिक विदा दिइएको छ ।
गोर्खाहरु झण्डै २०७ वर्षयता ब्रिटिश आर्मीमा कार्यरत छन् । गोर्खाहरुलाई बेलायती राजदरवारले सधैं विश्वास गर्ने गरेको दृष्टान्त छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


