फोनिज यूकेमा नयाँ नेतृत्व, गोमा राना बनिन् अध्यक्ष
प्रमिला लावुङले गरिन् नेतृत्व हस्तान्तरण



निवर्तमान अध्यक्ष लावुङ र नवनियुक्त अध्यक्ष राना
लन्डन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको अध्यक्षमा गोमा राना चयन भएकी छन्। शनिबार फार्नबरोमा सम्पन्न संस्थाको साधारणसभाले रानालाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
यसअघिकी अध्यक्ष प्रमिला लावुङ राईले कार्यकाल पूरा नहुँदै अध्यक्षको जिम्मेवारी सुम्पिएपछि कार्यसमितिकी उपाध्यक्ष राना नेतृत्वमा आएकी हुन्।
फोनिज यूकेको नेतृत्व सम्हाल्दै गरेकी राना यसअघि संस्थाको उपाध्यक्ष थिइन् भने त्यसभन्दा अघिल्लो कार्यसमितिमा उनले कोषाध्यक्षको भूमिका निर्वाह गरेकी थिइन्।
साधारणसभाकै अवसरमा फोनिज यूकेले बेलायतमा रहेर नेपाली पत्रकारितामा पुर्याएको योगदानको कदरस्वरूप दुई पत्रकारलाई सम्मान गरेको छ।
फोनिजका सल्लाहकारद्वय पत्रकार महासंघ यूकेका पूर्व अध्यक्ष नरेश खपांगी र केन्द्रीय प्रतिनिधि विमला सेनेलाई सम्मानपत्र र खादासहित सम्मान गरिएको थियो।
साधारणसभामा प्रमुख अतिथि आदिवासी जनजाती महासंघ यूके अध्यक्ष कर्मा पहाडी शेर्पा, फोनिज यूकेका सल्लाहकारहरु एकेन्द्र गुरुङ, मिलन तमु, नरेन्द्र नेम्वाङ लगायतले शुभकामना दिएका थिए ।
फोनिज यूकेमा नयाँ अध्यक्षको चयनसंगै दुई कार्यकाल अध्यक्ष निर्वाचित प्रमिला लावुङ राई कार्यसमितिबाट बाहिरिएकी छन् । सन् २०१७ मा पहिलोपटक अध्यक्षको जिम्मेवारी सम्हालेकी उनी पछि दोस्रो कार्यकाललाई सर्वसम्मत अध्यक्ष बनेकी थिइन् । फोनिज यूकेमा आफ्नो कार्यकाल बाँकी रहंदै नेतृत्व हस्तान्तरण गरेकी राई नेपाल पत्रकार महासंघ यूकेमा समेत उपाध्यक्ष छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को वैदेशिक शाखाका रुपमा सन् २०१३ मा स्थापना भएको फोनिज यूकेमा बेलायतमा सक्रिय आदिवासी जनजाती पत्रकारहरु आबद्ध छन्।
तस्विर: मिलन तमु
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५