बेलायतका लागि नवनियुक्त राजदूत आचार्यले लिए राष्ट्रपतिसमक्ष सपथ



राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त ज्ञानचन्द्र आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउँदै । तस्बिर सौजन्य- राष्ट्रपतिको कार्यालय/रासस
काठमाडौँ । बेलायतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त ज्ञानचन्द्र आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।
बुधबार राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा भएको समारोहमा राजदूत आचार्यले सपथ लिएका हुन् । त्यसअवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्वपरराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी थिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५