आइतबार, १३ जुलाइ, २०२५
16:31 | २१:१६

ग्रेटर रसमोर नेपाली कम्युनिटी यूके अध्यक्षमा मान गुरुङ निर्विरोध

नेपाली लिङ्क अक्टोबर ३१, २०२१

लन्डन । ग्रेटर रसमोर नेपलिज कम्युनिटी यूके (जी आरएनसी यूके) को अध्यक्षमा युवा उद्यमी मान गुरुङ निर्वाचित भएका छन् ।

३० अक्टोबर २०२१ मा सम्पन्न अधिवेशनले गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

साथै उपाध्यक्षमा माया डंगोल केसी, प्रमिला लाबुङ राई, उत्तर बहादुर गुरुङ र लिला सेलिङ माबो, महासचिवमा हरि गुरुङ एवं कोषाध्यक्षमा चन्दन गुरुङ निर्वाचित भएका छन् ।

त्यसैगरि, सदस्यहरुमा जुमकाजी गुरुङ तथा हेम कुमार गुरुङ निर्वाचित भए । अन्य रिक्त पदहरु आगामी मिटिङमा छलफल गरि पूर्ति गरिने छ।

उक्त कार्य सम्पादन गर्नका लागि निर्वाचन समिति 
प्रमुख पदम राई, उप प्रमुख क्या भिम महिन्द्रा लिम्बु, सचिव रोहित गुरुङ, सहसचिव जीव बेलबासे र सदस्यमा ओम थापा सम्मिलित थिए ।

निर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिले प्रमाणपत्र, खादासहित बधाई दिएको थियो । अधिवेशनका सहभागी अन्यले पनि नवनिर्वाचित समितिलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष गुरुङले आफ्नो मन्तब्य राख्दै संस्थाको गरिमा र साख अझ वृद्धि हुने गरि काम गर्ने बताए । गुरुङले 
रामधन राई नेतृत्वको कार्यसमितिलाई पनि बधाइ दिए ।

कम्युनिटीको नेपाली उल्लेख्य बसोवास गर्ने स्थानीय रसमोर काउन्सिलसंग निकट सम्बन्ध र सहकार्य छ । सन् २००४ मा च्यारिटीमा दर्ता भएको जीआरएनसीले सिटिजन एड्भाइस ब्युरो, प्रहरी आदि निकायसंग नजिक रहेर नेपाली समुदाय तथा वृद्धवृद्धाहरुलाई सेवा गर्दै आएको छ ।

जीआरएनसीले बेलायतमा जन्मिएका नेपाली वालवालिकालाई नेपाली पढाउने, नाचगान सिकाउने, नेपालका स्थानीय निकायसंग मितेरी साइनो स्थापित गर्ने कार्य पनि गर्दै आइरहेको छ । कम्युनिटीले हालै अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा अनावरण गरिएको प्रथम भिसी कुलवीर थापाको सालिक निर्माण प्रोजेक्ट (गोर्खा मेमोरियल प्रोजेक्ट) समेत संयोजन गरेको थियो ।

करिब १२:३० बजे बाट सुरु भएको संस्थाको अधिवेशन अपरान्ह ५ बजे समापन भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू