• होम
  • बेलायत
  • नेपाल
  • कला
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
शनिबार, वैशाख २७, २०८२
21:18 | ०२:०३

भारतमा चार महिनायताकै कम संक्रमित

रासस-एएनआई जुलाइ १३, २०२१

नयाँ दिल्ली, २९ असार–भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा ११८ दिनपछिकै सवैभन्दा थोरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले थप ३१ हजार ४४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख ३१ हजार ३१५ रहेको छ । यो सङ्ख्या पनि १०९ दिनपछिकै सवैभन्दा कम भएको बताइएको छ ।
अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १.४० प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा तीन करोड ६३ हजार ७२० पुगेको छ । ती मध्ये पछिल्लो एक दिनमा ४९ हजार सात जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये अहिलेसम्म ९७.२८ प्रतिशत सङ्क्रमण मुक्त भएको पाइएको छ । महामारी नियन्त्रणका लागि भारतमा गत जनवरी १६ देखि खोप अभियान संचालन भइरहेको छ । अभियान अन्तर्गत अहिलेसम्म ३८.१४ करोड मानिसलाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

हेगमा कश्मीर गोलीकाण्डविरुद्ध शान्ति र्‍याली, मारिएका नेपालीप्रति श्रद्धाञ्जली

मे ४, २०२५

एनआरएनए एकता महाधिवेशनमा डेलिगेट्स बन्न शुक्रवारभित्र अनिवार्य कागजात र दस्तुर

मे १, २०२५

एनआरएनए एकता अधिवेशनमा २ हजार ६ सय ४३ प्रतिनिधि (सूची )

मे १, २०२५

हाम्रो सिफारिस

लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

अप्रिल २८, २०२५

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)

मार्च १५, २०२५

बेलायतको फाइनान्समा नेपाली नयां पुस्ताः प्रजेश डिल गर्छन् मिलिअन पाउण्ड प्रपर्टी (भिडियो)

मार्च ८, २०२५
ताजा अपडेट्स
  • पोपको भूमिका निर्वाह गर्ने पहिलो अमेरिकी बने रोबर्ट प्रेभोस्ट
  • भारत पाकिस्तान युद्धको मारमा आइपिएल पनि
  • बेलायतमा केही देशलाई भिसा प्रतिवन्ध हुंदै, नेपाल पनि खतरामा
  • लन्डनमा तेस्रो नेपाली फिल्म महोत्सवका लागि विश्वभरबाट ३९८ आवेदन
  • सुहाउँदो भूमिका पाएकै कारण ८ वर्पषछि ‘नरसिंहा अवतार’ मा राजेश हमाल
ट्रेन्डिङ
  • १
    बेलायती राजासमक्ष ओहोदाको प्रमाणपत्र बुझाएको उपलक्ष्यमा दूतावासमा ‘रिसेप्सन’ (फोटो फिचर)
  • २
    यती नेपाली एसोसिएसन यूकेको अध्यक्ष चुनिए टंकप्रसाद भट्टराई
  • ३
    गोर्खा कपमा आउने भइन् चर्चित फुटबलर साम्बा
  • ४
    दुई नेपाली युवाले लन्डन ह्यारोमा सम्हाले मल्टी कुजीन रेष्टुरेन्ट (भिडियो)
  • ५
    ब्रिटिस गोर्खालाई वंशजको नागरिकता हुनुपर्नेमा संसदीय समितिका सभापतिहरू एक साथ

Nepali Link Ltd
34 Fairfield Grove, SE7 8TY
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2021 nepalilink.com, All rights reserved.