सोमबार, जेठ ६, २०८२
बेलायतमा ६ हजार ६३४ नयाँ संक्रमित, ४० को मृत्यु
जनजीवन निकै त्रसित बन्दै


नेपाली लिङ्क
सेप्टेम्बर २४, २०२०
लन्डन । पछिल्ला दिन बेलायतमा बढ्दै गएको कोरोना संक्रमणका कारण यहाँको जनजीवन निकै त्रसित बन्दै गएको छ । हिजो बुधबार बिगत ६ महिना यताकै सबैभन्दा बढी संक्रमित भएको तथ्याँक सार्वजनिक हुँदा आज संख्या झन् बढेको छ ।
गएको २४ घन्टामा थप ६ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । हिजो संक्रमित संख्या ६ हजार १ सय ७८ थियो ।
हालसम्म बेलायतमा ४ लाख १६ हजार ३ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । यसैगरी संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि विगत तुलनामा आज बढी छ ।
आज ४० जना कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ । योसंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ हजार ९ सय २ पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५