बिहीबार, १२ नोभेम्बर, २०२६
22:37 | ०४:२२

लन्डनमा मनाइयो सामूहिक म्हः पूजा तथा नेपाल संवत नयाँ वर्ष

नेपाली लिङ्क नोभेम्बर १२, २०२६

लन्डन । पासा पुचः गुथि यूके साउथ इष्ट लन्डनले मंगलबार एक समारोहबीच सामूहिक म्हः पूजा तथा न्हुँ दँ (नेपाल सम्बत ११४७) मनाएको छ ।

साउथ इष्ट लन्डनस्थित एसियन कम्युनिटी सेन्टरमा कार्यक्रम भएको हो ।

शाखा अध्यक्ष सुरोज मास्केको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेवार तथा गैर नेवार समुदायका करिब दुईसय मानिस सहभागी थिए ।

कार्यक्रममा पासा पुचः गुथि यूके बोर्ड अफ ट्रष्टीज अध्यक्ष सुशील प्रजापतिले नेपाल सम्बत ११४७ को शुभकामना दिंदै आफ्नो मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा संवद्र्धन गर्दै यसलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने संस्थाको उद्देश्य प्रकाश पारे ।

च्याप्टर अध्यक्ष सुरोज मास्केले सहयोगी एवं सहभागी सबैमा धन्यवाद दिए ।

महासचिव ईश्वर महर्जनले पहिलो सत्रको औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए । उपाध्यक्ष सोनी श्रेष्ठले स्वागत मन्तव्य दिइन् ।

सो अवसरमा विशेष अतिथी पूर्व मेयर तथा काउन्सिलर जीत रानाभाट, काउन्सिलर गौमाया गुरुङ, आरजिएनएस अध्यक्ष हरि गुरुङ, हेल्प नेपाल यूके अध्यक्ष सचिन श्रेष्ठ, नेपाली युथ एसोसिएसन यूके अध्यक्ष लछुमन गुरुङ, पासा पुचः गुथि यूके साउथ इष्ट लन्डनका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, पूर्व अध्यक्ष माधवलाल श्रेष्ठ लगायतको सहभागिता थियो ।

उक्त कार्यक्रममा बेलायतमा हुर्कंदै गरेका किशोर किशोरीले धिमे बाजा, धाः बाजा, बांसुरी बाजा, भैरव गण नाच, शेर सिंह नाच, ख्या नाच, हुलां प्याखं, कुमारी नाच आदि प्रदर्शन गरेका थिए । साथै सन् २०१६ बाट स्थापना गरिंदै आएको लन्डन कुमारीको आठौं कुमारी यात्रा पनि गरिएको थियो ।

सांस्कृतिक सत्र सञ्चालन उपाध्यक्ष सत्यप्रसाद प्रजापतिले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू