मंगलबार, २० अक्टोबर, २०२६
राष्ट्रपतिले गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने

रासस
अक्टोबर २०, २०२६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन् ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको शुभ साइत बुधबार बिहान १०:२६ बजे गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
विगतमा वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भए पनि गत वर्षदेखि मुलुकले विषय परिस्थितिको सामना गर्नु परेको र शान्तिपूर्ण तथा हर्षोउल्लासको वातावरण नभएको हुंदा उक्त कार्यक्रम गरिएको छैन ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५



