सोमबार, ५ अक्टोबर, २०२६
21:31 | ०२:१६

राहत वितरण रोकेर पुनर्निर्माण तथा पुनर्स्थापनामा लाग्ने एनआरएनए निर्णय

नेपाली लिङ्क अक्टोबर ५, २०२६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरेको राहत अभियान रोक्दै अब दोश्रो चरणमा पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा केन्द्रित हुने निर्णय गरेको छ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७ औं बैठकले राहत अभियानलाई अब क्रमशः स्वास्थ्य र शिक्षा क्षेत्रको पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको हो ।

साथै, नेपाल सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका प्राथमिकता र कार्ययोजनाबारे केही हप्ताभित्र निर्णय गर्ने तथा राष्ट्रिय समन्वय परिषद्हरूले सङ्कलन गरेको रकम अन्तर्राष्ट्रिय समन्वय परिषद् मार्फत पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा सहयोग गर्न आह्वान गर्ने निर्णय गरिएको छ।

मनाङका बाढीपहिरो प्रभावितलाई राहत सामग्री भोलि

गत असोज ८–१२ गतेको भीषण वर्षापछि आएको बाढी तथा पहिरोबाट प्रभावित मनाङ जिल्लाका नागरिकलाई एनआरएनएले भोलि मंगलबार राहत वितरण गर्दैछ। मनाङको चामेमा १४ र ताल गाउँमा ५० बाढीपहिरो प्रभावित नागरिकका लागि राहत सामग्री वितरण गर्ने तयारी गरिएको हो।

उपाध्यक्ष तथा राहत तथा विपद् व्यवस्थापन समितिका संयोजक मनोज कुमार श्रेष्ठको संयोजकत्वमा टोलीले भोलि नै प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्नेछ।

प्रभावित परिवारलाई भान्साको सामग्री, खाद्यान्न, त्रिपाल र सोलार लाइट उपलब्ध गराइने संघले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू