मंगलबार, १४ अप्रिल, २०२६
18:53 | २३:३८

नेपाली लिंक सातौं वर्षमा

नेपाली लिङ्क अप्रिल १४, २०२६

लन्डन- नेपाली नयाँ वर्ष २०८३ को शुभारम्भसंगै बेलायतबाट सञ्चालित हाम्रो मिडिया नेपाली लिंक पनि आफ्नो स्थापनाका ६ वर्ष पूरा गर्दै सातौं वर्षमा प्रवेश गरेको छ ।

कोरोना महामारी उत्कर्षमा रहेका बेला वि. सं.२०७७ साल बैशाख १ गते शुरु भएको नेपाली लिंकको यात्रा कयौं आरोह, अवरोह र घुम्तीहरु पार गर्दै सातौं वर्षसम्म आइपुग्दा हामी साँच्चीकै उत्साहित र गौरवान्वित छौं ।

नेपालीलिंकको यहाँसम्मको यात्रालाई सफल र सार्थक बनाउन प्रत्यक्ष वा परोक्ष रुपमा योगदान गर्नुहुने हाम्रा समस्त पाठक, दर्शक, सहकर्मी, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक सबैप्रति हामी ह्दयदेखि नै आभार प्रकट गर्न चाहन्छौं । आउँदा दिनहरुमा पनि तपाईंको सद्भाव, शुभेच्छा र मार्गदर्शन प्राप्त भइरहने आशा राखेका छौं ।

प्रवासमा रहेर नेपाली मिडिया सञ्चालन गर्नु आफैमा सजिलो कार्य हैन । त्यसमाथि पनि गुणस्तरीय र विश्वसनीय मिडियाका रुपमा स्थापित हुन त थप चुनौतिपूर्ण छ । यस्तै कयौं चुनौति र सिमितताहरुबीच पनि नेपाली लिंकले पछिल्ला ६ वर्षमा बेलायतको नेपाली समुदायको आवश्यकता र हितलाई केन्द्रमा राखेर पत्रकारिताको धर्म निर्वाह गर्ने प्रयत्न गर्दै आएको छ ।

बेलायतमा पनि नेपाली मिडिया व्यवसायिक रुपमा चल्न सक्छ भन्ने विश्वास हामीलाई छ । त्यहि विश्वासलाई लक्ष्य बनाएर शुरु भएको नेपालीलिंकको यात्रा अघि त बढाएका छौं, तर गन्त्व्यमा पुर्याउन अझ धेरै बाँकी छ । त्यही बाँकी यात्रामा पनि हामी तपाईंहरुबाट आजका दिनसम्म प्राप्त भएजस्तै साथ, सहयोग, सल्लाह र हौसला पाउँदै जानेछौं भन्ने विश्वास राखेका छौं ।

अन्त्यमा, तपाईंहरुको निरन्तर साथ, सहयोग र मार्गदर्शनको अपेक्षासहित नेपाली नयां वर्ष २०८३ को सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू