बेलायतमा क्यान्सरबाट विद्यार्थीको निधन, शव नेपाल पठाउन सहयोग अपिल



लन्डन – उच्च शिक्षाका लागि बेलायत आएकी २९ वर्षीया सिर्जना भुजेलको क्यान्सरका कारण शनिबार निधन भएको छ।
उनको शरीर नेपाल लैजान सहयोग गर्न उनका आफन्तजनले अनुरोध गरेका छन्।
साविक बाग्लुङ जिल्ला, हुग्दीसीर, बराहकोट निवासी कृष्ण बहादुर भुजेलकी बुहारी तथा कुमार भुजेलकी श्रीमती (हाल बसोबास रुद्रपुर, हरैया, रुपन्देही) सिर्जना भुजेल कोलोन- रेक्टल क्यान्सरका कारण गएको झन्डै एक वर्ष देखि उपचाररत थिइन्। गत राती उनको दुःखद निधन भएको उनको स्याहार गर्दै आएका उनका श्रीमान कुमा भुजेलले बताए।
गत मे २०२५ मा क्यान्सर रोगको पहिचान हुँदा स्टुडेन्ट भिसामा रहेकी सिर्जना ६ हप्ताकी गर्भवती थिइन् । तर, केमोथेरापी तथा रेडिएसन जस्ता उपचार प्रविधि अपनाउनु परेका कारण चिकित्सकको सल्लाह अनुसार उनको गर्भपतन गर्नुपरेको थियो। परिवारमा एक पछि अर्को चोट परेको र परिवारको अनुरोध अनुसार सिर्जनाको शव नेपाल लैजान सक्दो सहयोग गर्न एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले अनुरोध गरेका छन्।
‘मर्दा पर्दा सहयोग गर्ने नेपाली संस्कृति नै हो। यो दुःखद अवस्थामा मानवीय आधारमा सक्दो सहयोग गरि दिन म सबै मित्रहरुलाई आग्रह गर्दछु,” उनले भने।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


