आइतबार, १५ फ्रेब्रवरी, २०२६
21:55 | ०३:४०

बेलायतमा पनि शिवरात्री, नेपाली मन्दिरहरुमा घुइंचो

नेपाली लिङ्क फ्रेब्रवरी १५, २०२६

लन्डन- बेलायतवासी नेपालीले हिन्दूहरुको महान धार्मिक पर्व महाशिवरात्री धुमधामसंग मनाएका छन् ।

बेलायतको लन्डन, अल्डरसट, साउथहल, बर्मिङहम लगायत शहरमा अवस्थित मन्दिरहरुमा आइतबार बिहानैदेखि भक्तजनहरुको भीड देखिन्थ्यो ।

लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा विशेष पूजा, रुद्राभिषेक, आरती तथा भजनकीर्तनसहित धार्मिक तथा सांस्कृतिक कार्यक्रम भएको पण्डित निलहरि घिमिरेले जानकारी दिए ।

बिहान ८ बजेदेखि शुरु शिवरात्री पूजा दिनभर सञ्चालन भयो भने भजनकिर्तन पनि निरन्तर रह्यो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेले दिनभरमा झण्डै १५ सय दर्शनार्थीले मन्दिर दर्शन गरेको जानकारी दिए ।

उपस्थित दर्शनार्थीलाई मन्दिर दर्शन तथा पूजाआजाको लागि सहज होस् भनेर सोहिअनुसार सबै व्यवस्थापन मिलाइएको उनले बताए । सबै दर्शनार्थीलाई चिया, प्रसाद, फलफूललगायत प्रवन्ध मन्दिरले गरेको थियो।

दिनभरको वर्षा र खराब मौसमबीच पनि शिवरात्रीको लागि स्थानीय नेपालीहरुको उल्लेख्य उपस्थिति थियो ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष रोमनाथ पाण्डेले उपस्थित सबै दर्शनार्थी, पूजाआजा सञ्चालन गर्ने पण्डितहरु, ट्रष्टीहरु एवम् मन्दिर समितिका पदाधिकारीहरु, स्वयमसेवकहरुलगायत सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

तस्विर: प्रकाश कंडेल

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू