बेलायतमा बलात्कार अभियोगमा नेपालीलाई २५ वर्षको जेल सजाय


लन्डन- बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्षको जेल सजाय भएको छ ।
बेलायतको पिटरबरोमा बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो ।
ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धि विभिन्न २५ वटा अपराधमा अदालतले दोषी ठहर गरेको छ ।
त्यसक्रममा उनले १३ वर्ष मुनिका बालिकामाथि ५ पटक र १३ वर्षमाथिका बालिकामाथि २ पटक बलात्कार गरेको जनाइएको छ । उनले ८ वर्ष उमेरकी नाबालिकालाई समेत बलात्कार गरेको ठहर अदालतले गरेको छ ।
ढकालको बलत्त्कर र यौन दुराचारमा परेका अधिकांश पीडित पिटरबरो क्षेत्रकै छन् भने एक जनालाई उनले लन्डन पुगेर दुराचार गरेका थिए ।
स्थानीय समुदायमा एक जना विश्वासिलो सदस्य र एक पण्डितका रुपमा समेत बनाएको सहज पहुंचलाई दुरुपयोग गर्दै उनले यौन दुराचार गरेको ठहर अदालतले गरेको छ ।
पीडितमध्ये धेरै ढकालको निकट पारिवारिक सम्बन्ध रहेका परिवारका सदस्य छन् । उनले एकै परिवारका एक भन्दा बढी सदस्यमाथि पनि यौन दुराचार गरेको खुलेको छ ।
पिटरबरोस्थित नेपाली समुदायका अगुवाहरुसंगको कुराकानीबाट नेपालीलिंकलाई प्राप्त जानकारीअनुसार सन् २००६ देखि पिटरबरोमा बस्दै आएका ढकाल त्यसक्षेत्रकै पुरानामध्येका एक नेपाली हुन् ।
सन् १९९८ मा लन्डन आएका उनी त्यसअघि लन्डनमा बस्ने गरेका थिए । उनी नर्स श्रीमती र तीन छोराछोरी सहित बेलायत बस्दै आउका थिए ्।
नेपालमा राम्रै पारिवारिक पृष्ठभूमि रहेका ढकालको पुख्र्यौली घर धादिङ र अहिले काठमाडौंमा हो ।
पिटरबरोमा रेष्टुरेन्ट व्यवसायमा समेत संलग्न रहंदै आएका उनलाई स्थानीय नेपालीले पण्डितका रुपमा समेत पुज्ने गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



