आइतबार, १६ अगस्ट, २०२६
18:22 | २३:०७

‘बाहेक’ लिएर आउँदै यूकेका आख्यानकार डा. सापकोटा

नेपाली लिङ्क नोभेम्बर २७, २०२५

डा. सापकोटा

लण्डन- यूकेका आख्यानकार डा. धर्म सापकोटा राजुको चौंथो कृति तथा पहिलो उपन्यास ‘बाहेक’ प्रकाशनको अन्तिम तयारीमा पुगेको छ।

पुष पहिलो हप्ता सार्वजनिक हुने उक्त उपन्यास शिखा बुकिस काठमाडौंले प्रकाशन गर्न लागेको हो ।

सामाजिक र पारिवारिक विषयवस्तुमा आधारित उपन्यासले तन र मनबीचको संघर्षको कथा सुनाउने सापकोटाले बताए।

डा. सापकोटाका यसअघि ‘बुद्धिमानीको परीक्षा’ बालकथा संग्रह, ‘बहिर्गमन’ लघुकथा संग्रह र ‘बाटो’ कथा संग्रह प्रकाशित छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू