सोमबार, १७ नोभेम्बर, २०२५
23:12 | ०४:५७

बेलायतमा सम्मानित भइन् नेपाली महिला फुटबलकी गौरव एन्जिला

नेपाली लिङ्क नोभेम्बर १७, २०२५

लन्डन । नेपाली राष्ट्रिय महिला टिमकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा बेलायतमा सम्मानित भएकी छन् ।

एनआरएनए यूकेले नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा पहचान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई सम्मान गरेको हो ।

१६ नोभेम्बरका दिन किरात याक्थुङ चुम्लुङ यूकेको सहकार्यमा आयोजित कार्यक्रममा एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल र महासचिव जुरेन्द्र खजुमले एन्जिलालाई सम्मानपत्र प्रदान गरे ।

सोही कार्यक्रममा ‘एन्जिला’ फिल्मका निर्देशक मिलन चाम्स, नायिका श्रृजना सुब्बा र अभिनेत्री 
रन्जिता साउदेनलाई पनि सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा सहभागी सबैले एन्जिलाको सफलताबाट प्रेरणा र गौरवको अनुभूति गरेका थिए ।

‘एन्जिला’ फिल्मका कारण हाल चर्चामा रहेकी उनी आफ्नो खेलजीवनको उत्कर्षमा पनि छिन्। नेपाली टोलीबाट गोलरक्षा गर्दा उनले दर्जनौँ कीर्तिमान पनि बनाएकी छन्।

एन्जिलाले भारतीय क्लब सेथु एफसीमा आधा सिजनको लागि सम्झौता गरेकी छिन्। एन्जिला यसअघि पनि सेथुबाट खेलिसकेकी छिन् र सन् २०२३–०२४ को सिजनमा टोलीकी कप्तान थिइन्।

एन्जिलाले हालसम्म देशका लागि ५७ खेल खेलिसकेकी छिन् र सर्वाधिक खेलमा आर्म ब्यान्ड लगाउने खेलाडी हुन्।

नेपाली राष्ट्रिय महिला टोलीकी कप्तानको भूमिकामा बाहेक उनी युरोपको एउटा व्यावसायिक क्लबबाट पनि खेल्छिन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू