मंगलबार, वैशाख १८, २०८१
17:21 | २२:०६

एनआरएनए स्कटल्याण्डबाट सुदुरपश्चिम प्रदेशलाई अक्सिजन मेसिन सहयोग

अक्सिजन मेसिन प्रदेश सरकारलाई हस्तान्तरण

नेपाली लिङ्क अगस्ट २८, २०२०

लण्डन । एनआरएनए स्कटल्याण्ड राज्य समन्वय परिषदले नेपालको सुदुरपश्चिम प्रदेशलाई २ वटा अक्सिजन मेसिन सहयोग गरेको छ ।

गत बुधबार एक कार्यक्रमबीच ती मेसिन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । नेपालको चर्चित इन्द्रेणी कार्यक्रममार्फत सहयोग हस्तान्तरण गरिएको थियो ।

एनआरएनए स्कटल्याण्डका तर्फबाट सल्लाहकार डा. राम अधिकारीले सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा गृहमन्त्री प्रकाशबहादुर शाहलाई मेसिनहरु हस्तान्तरण गरेका थिए ।

एनआरएनए स्कटल्याण्ड राज्य परिषदका सचिव दिवाकर पाण्डेका अनुसार देशका सातै प्रदेशमा अक्सिजन मेसिन प्रदान गर्ने एनआरएनए यूकेको योजनाअन्तर्गत सुदुरपश्चिममा स्कटल्याण्डबाट सहयोग पठाइएको हो ।

यसअघि एनआरएनए स्कटल्याण्डकै पहल तथा संयोजनमा त्यहाँस्थित सबै १४ वटा नेपाली संघसंस्थाहरु सम्मिलित कोभिड १९ राहत समिति गठन गरिएको थियो ।

समितिले स्थानीय स्तरमा कोष संकलन गरेर समस्यामा परेका स्कटल्याण्डस्थित नेपाली विद्यार्थी, वृद्धवृद्धा लगायतलाई पनि सहयोग गरेको थियो ।

एनआरएनए स्कटल्याण्ड राज्य परिषद अध्यक्ष छविलाल अर्यालले सुदुरपश्चिम प्रदेशलाई प्रदान गरिएका अक्सिजन मेसिन कोभिड १९ संक्रमितहरुको उपचारमा सहयोगी बन्ने विश्वास व्यक्त गरेका छन् ।

साथै, कोभिड १९ महामारीको बेला परिषदकै संयोजनमा सञ्चालित राहत अभियानमा खटिने तथा सहयोग गर्ने सबै संघसंस्था र समुदायमा उनले आभार प्रकट गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू