मंगलबार, वैशाख १८, २०८१
03:44 | ०८:२९

भीसी शालिकलाई बेजिङस्टोक नेपाली कम्युनिटीको २ हजार पाउन्ड सहयोग

अन्य ४ संस्थाबाट ४ हजार प्रदान

नेपाली लिङ्क अगस्ट १६, २०२०

लन्डन । अल्डरसटमा निर्माण हुन लागेको प्रथम भीसी पदक विजेता कुलवीर थापाको शालिकका लागि बेजिङस्टोक नेपाली कम्युनिटीले २ हजार पाउन्ड सहयोग गरेको छ ।  

कम्युनिटीका तर्फबाट २ हजार ६ पाउन्डको सहयोग चेक भीसी थापाको शालिक निर्माणमा क्रियाशिल गोर्खा मेमोरियल प्रोजेक्टलाई हस्तान्तरण गरिएको छ ।  

शनिबार स्थानीय रश्मोर बरो काउन्सिल परिसरमा कम्युनिटीका अध्यक्ष ओम गुरुङसहितको टोलीले सहयोग चेक हस्तान्तरण गरेको थियो । गोर्खा मेमोरियलका तर्फबाट संयोजक मेजर रिटायर्ड खिम गौचन, ग्रेटर रश्मोर नेपाली कमुनिटीका अध्यक्ष रामधन राई, गोर्खा मेमोरियल प्रोजेक्टका कोषाध्यक्ष टोप पल्ली, प्रवक्ता ओमप्रसाद थापा लगायतले चेक बुझेका थिए ।  

त्यसअवसरमा बेजिङस्टोक नेपाली कम्युनिटीका महासचिव नवराज राईसहित कार्यसमितिका पदाधिकारी र सल्लाहकारहरु समेतको उपस्थिति थियो ।

भीसी शालिकको सहयोगार्थ कम्युनिटीले आफ्ना सदस्यहरुबाट कोष संकलन गरेको थियो ।  

‘शालिकका लागि १९ सय पाउन्ड जम्मा भएको थियो । जसमा संस्थाको कोषबाट केही रकम थप गरी २ हजार ६ पाउन्ड पुर्याएर  सहयोग गरेका छौं’-कम्युनिटीका अध्यक्ष ओम गुरुङले नेपाली लिंकसँग भने, ‘हाम्रो संस्था स्थापना भएको वर्ष पनि सन् २००६ हो । भीसी शालिक जस्तो ऐतिहासिक प्रोजेक्टका लागि संस्थाको स्थापना वर्षसंगै मिलाएर सहयोग प्रदान गरेका हौं ।’

अन्य ४ संस्थाबाट ४ हजार सहयोग

शनिबार नै भीसी शालिक प्रोजेक्टका लागि बेलायतस्थित अन्य ४ संस्थाले समेत सहयोग हस्तान्तरण गरे । बेजिङस्टोककै लाफा समूहबाट १ हजार १ पाउन्ड, स्याङ्जा पेल्काचौर चौतारी गाउँले समाजबाट १ हजार ११ पाउन्ड, गोर्खा हेरिटेज ट्रस्टबाट १ हजार २१ पाउन्ड र तनहुँ समाज यूकेबाट १ हजार १ सय १ पाउन्ड सहयोग हस्तान्तरण भएको गोर्खा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओमप्रसाद थापाले जानकारी दिए ।  

सहयोग हस्तान्तरणका क्रममा ग्रेटर रश्मोर नेपाली क्स्म्युनिटीका अध्यक्ष रामधन राईले सहयोगी संस्थाहरुप्रति धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम संचालन प्रवक्ता थापाले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू