शनिबार, १० अक्टोबर, २०२६
05:03 | ०९:४८

कांग्रेस केन्द्रीय सभापतिमा गगन थापा निर्वाचित

नेपाली लिङ्क अक्टोबर १०, २०२६

काठमाडौं, असोज २४ गते । नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज २४ गते सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार सभापति पदका उम्मेदवार थापाले छ हजार ५८४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे ।

निर्वाचन समितिका अनुसार कुल सात हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो। कायम मत सङ्ख्या छ हजार ९५९ रहेको निर्वाचन परिणाममा उल्लेख छ।

नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८२ बमोजिम सम्पन्न पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा थापा सभापति पदमा निर्वाचित भएका हुन् ।

थापा यस अघि भएको विशेष महाधिवेशनबाट पनि सभापति पदमा निर्वाचित भएका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू