शनिबार, ९ मे, २०२६
11:56 | १६:४१

लन्डन साउथ ह्यारोको नेपाली सुनचांदी पसलमा कार ठोक्काएर लुटपाट प्रयास

नेपाली लिङ्क मे ९, २०२६

लन्डन । लन्डन साउथ हयारोस्थित नेपाली सुनचांदी पसल जय श्रीकृष्ण ज्वेलर्समा लुटपाट प्रयास भएको छ । शुक्रबार राती ३.२८ मा पसलको सटरमा कार ठोक्काएर गरगहना लुट्ने प्रयास भएको हो ।

तर, अलार्म जडित उक्त सुनचांदी पसलमा एक मिनेटभित्रै प्रहरी आइपुगेपछि दुईजना युरोपेली मुलुकका व्यक्ति गाडी छाडेर भागेको सञ्चालक ओम प्रकाश सुनार ज्वालाले नेपालीलिंकलाई बताए ।

चोरले सुनचांदी लान नसकेपनि सटरमा भने पूर्ण क्षति भएको छ ।

प्रहरीले घट्नाको अनुसन्धान शुरु गरेको छ ।

सन् २०१५ मा खुलेको यस सुनचांदी पसलमा सन् २०१७ मा पनि लुटपाट प्रयास भएको थियो ।

‘यो पेशा निकै हाइ रिक्सको छ’, सुनारले भने, ‘हामी प्रहरीसंग निकट सम्पर्कमा हुन्छौं तर सबै नेपाली व्यवसायीलाई सचेत रहन म आग्रह गर्दछु ।’

तस्विर सौजन्य- देव गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू