शनिबार, २५ अप्रिल, २०२६
08:54 | १३:३९

नेपाली सेनाका लेफ्टिनेन्ट भण्डारी बेलायतमा ‘वेष्ट इन्टरनेशनल स्टुडेण्ट’ घोषित

नेपाली लिङ्क अप्रिल २५, २०२६

लन्डन । नेपाली सेनाका लेफ्टिनेन्ट प्रवीण भण्डारी संयुक्त अधिराज्यको ब्रेकन, वेल्समा भएको प्लाटुन कमाण्डर्स ब्याटल कोर्ष (पिसिबीसी) मा ‘वेष्ट इन्टरनेशनल स्टुडेण्ट’ घोषित भएका छन् ।

१२ फेब्रुअरीदेखि २४ अप्रिल २०२६ सम्म भएको उक्त पिसिबीसी कोर्षमा भण्डारीले उत्कृष्ट नतिजा हासिल गरेका हुन् । इन्फेन्ट्री ब्याटल स्कुलले उक्त कोर्ष गर्ने गर्दछ ।

लेफ्टिनेन्ट भण्डारी रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट कमिसन भएका थिए ।

प्लाटुन कमाण्डर ब्याटल कोर्स बेलायतको इन्फेन्ट्री ब्याटल स्कुलको एक हिस्सा हो र ब्रिटिश सेनाका सबै इन्फेन्ट्री लेफ्टिनेन्टहरूको तालिम र प्रमाणीकरणका लागि जिम्मेवार मानिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू