बुधबार, २२ अप्रिल, २०२६
बेलायतमा हराएकी ८१ वर्षीया नेपाली वृद्धा सकुशल भेटिइन्

नेपाली लिङ्क
अप्रिल २२, २०२६
लन्डन- बेलायतको अल्डरसटबाट हराइरहेकी एक नेपाली वृद्धा अन्ततः सकुशल फेला पारेकी छन् ।
सोमबारदेखि सम्पर्कविहिन ८१ वर्षीया ती वृद्धा मंगलबार राती सकुशल फेला परेको जानकारी स्थानीय ग्रेटर रश्मोर नपाली कम्युनिटीले दिएको छ ।
नेपालीलिंकलाई प्राप्त सूचनाअनुसार मंगलबार बेलुका अल्डरसट क्षेत्रबाटै प्रहरीले उनलाई फेला पारेको हो । उनी अहिले सकुशल अवस्थामा छन् र उनलाई सुरक्षित स्थानमा राखिएको छ ।
यसअघि ती वृद्धा सोमबार २० अप्रिलबाट अल्डरसट हाई स्ट्रिट क्षेत्रबाट सम्पर्कविहीन भएको जनाइएको थियो ।
वृद्धा सम्पर्कविहिन भएपछि स्थानीय प्रहरीले उनको खोजी शुरु गरेको थियो । ग्रेटर रश्मोर कम्युनिटीको आव्हानमा स्थानीय नेपाली समुदायले पनि वृद्धाको खोजीमा सहयोग गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


