शुक्रबार, २० मार्च, २०२६
09:10 | १४:५५

बेलायतमा बेरोजगारी दर पाँच वर्ष यताकै उच्च, तलव वृद्धि न्यूनस्तरमा

नेपाली लिङ्क मार्च २०, २०२६

तस्विर- गेट्टी इमेजेज

लन्डन । बेलायतमा बेरोजगारी दर पछिल्लो पाँच वर्षकै उच्च विन्दुमा पुगेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा सन् २०२५ नोभेम्बरदेखि सन् २०२६ जनवरीसम्मको अवधिमा बेरोजगारी दर ५ दशमलव २ प्रतिशत पुगेको छ ।

पछिल्ला तीन महिनामा भएको वृद्धि मुख्यतया युवा बेरोजगारीका कारण हो।

रिजोल्यूसन फाउन्डेसन थिंकट्याङ्कको विश्लेषण अनुसार, १८ देखि २४ वर्ष उमेर समूहको बेरोजगारी दर १४.५ प्रतिशत पुगेको छ भने काम बाहिर रहेका र पूर्ण–समय शिक्षामा नभएका यस उमेर समूहका युवाको संख्या २०१४ पछिकै उच्च १९.२ प्रतिशत बढेको छ ।

यसै अवधिमा कर्मचारीहरूको औसत आम्दानी (बोनससहित) ३ दशमलव ९ प्रतिशतले बढे पनि मुद्रास्फीति समायोजन गर्दा वास्तविक आम्दानी वृद्धि मात्र शून्य दशमलव ७ प्रतिशत छ। साथै, नियमित तलब वृद्धि दर पनि पछिल्ला पाँच वर्षकै न्यून स्तरमा झरेको छ, जसले नागरिकको क्रयशक्ति कमजोर हुँदै गएको छ ।

यो बेरोजगारी दरले श्रम बजारमा दबाब बढ्दै गएको संकेत गर्दछ।

तथ्यांक अनुसार एक वर्षमा तलब पाउने कर्मचारीको संख्या करिब १ लाख ९ हजारले घटेको छ भने पछिल्लो त्रैमासिक अवधिमा मात्रै ३१ हजारले कमी आएको छ ।

विशेषज्ञहरूका अनुसार श्रम लागत वृद्धि, कृत्रिम बुद्धिमत्ताजस्ता प्रविधिको तीव्र विस्तार तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जिएको आर्थिक अनिश्चितताले श्रम बजारमा थप असर पार्न सक्छ । यही कारण चालु वर्षभर बेरोजगारी दर बढेर ५ दशमलव ५ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू