बेलायतको प्रस्तावित अध्यागमन नियमबारे सोलिसिटर भट्टराईसंग सवाल जवाफ



लन्डन । साझा नेपाली समाजले बेलायतको आप्रवासी नीति सम्बन्धमा सोलिसिटर दीपक भट्टराईसँग एक ‘भर्चुअल’ अन्तरक्रिया गरेको छ ।
पछिल्लो समय बेलायत सरकारले आप्रवासी नीतिमा व्यापक परिवर्तन गर्ने प्रस्ताव गरेसँगै नेपाली समुदायमा समेत त्यसको चिन्ता र प्रभाव परिरहंदा साझा नेपाली समाजले अन्तरक्रिया गरेको हो ।
प्रस्तावित नयां अध्यागमन नियमले खासगरी पिआर लिन लागेका र पिएसडब्लु भिजामा रहेका विद्यार्थीहरूमा ठूलो असर पर्ने देखिएको छ । अन्योलमा रहेका विद्यार्थी र अन्य नेपालीलाई मध्यनजर गर्दै साझा नेपाली समाजले सोलिसिटर भट्टराईसँग जुम मिटिङमार्फत उनीहरूको जिज्ञासा राख्ने वातावरण मिलाएको हो।
छलफलका क्रममा उठेका विषयमा सोलिसिटर भट्टराईले जानकारी दिएका थिए । सोलिसिटर भट्टराईले प्रस्तावित नियम पूर्ण रुपमा कार्यान्वयनमा आइनसकेकाले पिआर लिन १० वर्ष कुर्नुपर्ने नपर्ने टुंगो लागिनसकेको बताए । आउंदो वर्षदेखि पिएसडब्लु भिजा भने दुई वर्षको सट्टा डेढ वर्षमात्र दिने घोषणा सरकारले गरिसकेको उनले जनाए ।
सोलिसिटर भट्टराईले इमिग्रेसन मामिलासँगै फेमिली, बिजनेश लिज्, प्रोपर्टी तथा अन्य व्यवसायिक क्षेत्रहरूमा पनि आफूले सेवा गर्दै आएको जानकारी दिएका थिए ।
अन्तरक्रियामा व्यक्त धारणा धेरैसम्म पुगोस् भन्ने उद्देश्यले भिडियो लिंकसमेत सेयर गरिएको साझा महासचिव शशांक शर्माले बताए ।
समेट्न नसकिएका विषय र केही सल्लाह–सुझाव भए भावी दिनमा पनि सोलिसिटरहरुसँग सहजीकरण गर्न आफू तत्पर रहेको साझा अध्यक्ष नारायण फुयालले बताए ।
कार्यक्रमको अन्त्यमा साझा अध्यक्ष फुयालले यस्तो महत्वपूर्ण कार्यक्रमको अवधारणा अगाडि ल्याएकामा महासचिव शशांक शर्मा र कार्यसमिति टिम लगायत सहभागी सबैलाई धन्यवाद दिएका छन् ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


