शुक्रबार, ९ जनवरी, २०२६
11:09 | १६:५४

लन्डनमा ३ सातादेखि हराइरहेका शंकर आए सम्पर्कमा

नेपाली लिङ्क जनवरी ८, २०२६

लन्डन- लन्डनमा बेपत्ता बनेका २६ वर्षीय नेपाली विद्यार्थी शंकर साह सम्पर्कमा आएका छन् ।

लन्डनबाट सम्पर्कविहिन बनेको झण्डै तीन सातापछि शंकर परिवारको सम्पर्कमा आएको उनका दाजु उमेश साहले नेपाली लिंकलाई जानकारी दिए ।

उमेशका अनुसार शंकर अहिले मानसिक स्वास्थ्यसम्बन्धि समस्याबाट पीडित बनेका छन्। केही दिनदेखि उनी लन्डनकै एक अस्पतालमा उपचार गराइरहेका छन् ।

महोत्तरीको जलेश्वर ११ पिगौनाका २६ वर्षीय साह झण्डै तीन सातादेखि परिवार र साथीभाइको सम्पर्कबाट टाढिएपछि खोजी कार्य शुरु भएको थियो ।

लन्डनको बीपीपी युनिभर्सिटीमा म्यानेजमेन्टमा एमएस्सी अध्ययनका लागि शंकर गत सेप्टेम्बर महिनामा मात्रै लन्डन आएका थिए । इष्ट लन्डनमा गाउंघरतिरकै एक साथीका साथ बस्दै आएका शंकर साथीसंग छुटिएर बाहिर गएको केही समयपछि सम्पर्कबिहीन बनेका थिए ।

शंकर बेपत्ता बनेपछि गहिरो पीडामा परेको उनको परिवारले यतिबेला राहत महसुस गरेको छ ।

शंकरको बेलायतमा जारी उपचार पूरा होस् र उनी निको बनेर नेपाल फर्किउन् भन्ने परिवारले चाहेको दाजु उमेशले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू