बिहीबार, १८ डिसेम्बर, २०२५
14:03 | १९:४८

बैंक अफ इङ्ग्ल्यान्डले घटायो ब्याजदर, तीन वर्षयताकै न्यून

नेपाली लिङ्क डिसेम्बर १८, २०२५


लन्डन । बैंक अफ इङ्गल्यान्डले ब्याजदर घटाएर ३.७५ प्रतिशत कायम गरेको छ, जुन तीन वर्षयताकै न्यून हो।

यसअघि ४ प्रतिशत रहेको ब्याजदर घटाइएको छ। हालै सार्वजनिक तथ्याङ्कअनुसार नोभेम्बरसम्मको एक वर्षमा मुद्रास्फीति दर ३.२ प्रतिशतमा झरेकाले ब्याजदर घटाउने निर्णय अनुमानित थियो।

४ प्रतिशतबाट ब्याजदर घटाउने निर्णयमा नीति निर्माताहरूबीच कडा प्रतिस्पर्धा देखिएको थियो। बैंकको मौद्रिक नीति समितिमा भएको मतदानमा ५–४ को झिनो मतान्तरले ब्याजदर घटाउने पक्षमा निर्णय भएको हो।

बढ्दो बेरोजगारी र सुस्त आर्थिक वृद्धिले पनि केन्द्रीय बैंकलाई ब्याजदर घटाउन प्रेरित गरेको बताइएको छ। ब्याजदर कटौतीले ऋण लिन, घर किन्न वा मोर्गेज नवीकरण गर्न चाहनेहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

तर, बचतकर्ताहरूका लागि भने ब्याजदर घट्दा बचतमा प्राप्त हुने प्रतिफल कम हुन सक्ने चेतावनी दिइएको छ।

आर्थिक विश्लेषकहरूका अनुसार यो नयाँ ब्याजदर नीतिले निकट भविष्यमा उपभोक्ता खर्च र लगानीलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको देखिन्छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू