शनिबार, ६ डिसेम्बर, २०२५
13:42 | १९:२७

लन्डनमा माया अवार्डस् वितरण (तस्विरहरु)

नेपाली लिङ्क डिसेम्बर ६, २०२५

लन्डन । माया इभेन्ट्सले लन्डनमा माया गाला डिनरसहित अवार्ड प्रदान गरेको छ ।

शुक्रबार हेजस्थित क्लेरिटियन ओसिस हलमा आयोजित समारोहमा ‘माया सपोर्टेड लिभिङ लि.’ का उत्कृष्ट कर्मचारी र माया क्रिकेट क्लव आवद्ध खेलाडीहरुलाई पुरस्कृत गरियो ।

माया सपोर्टेड लिभिङ लि., माया क्रिकेट क्लव र माया इभेन्ट्स युवा उद्यमी दम्पत्ति राज पाण्डे र डा. रक्षा थापाद्वारा सञ्चालित कम्पनी हुन् । यसबाहेक राष्ट्रिय पोशाक घर पनि सञ्चालित छ ।

समारोहमा माया सपोर्टेड लिभिङतर्फ ब्राइट बिगिनर्स अवार्ड विवेक चन्दले पाए भने साइनिङ स्टार अवार्ड मार्गरेट इमेम थम्पसनलाई दिइयो ।

त्यसैगरि, स्पेशल रिकग्निशन अवार्ड प्रकृत पाण्डे, अफिस जेनियस अवार्ड प्रकाश विष्ट र इम्प्लोइ अफ दि इयर अवार्ड बिपु कार्कीले पाएका छन् ।

माया क्रिकेट क्लवतर्फ आउटस्ट्याण्डिङ इनिङ अफ द सिजन अवार्ड अमित कुश्वा, वेष्ट फिल्डर अवार्ड सचिन शर्मा, वेष्ट बलर अवार्ड सन्देश पाण्डे, वेष्ट ब्याट्सम्यान अवार्ड नवीन तामाङ, ट्यालेन्ट अफ द सिजन अवार्ड निर्भिक पाठक र प्लेयर अफ द सिजन अवार्ड प्रकाश विष्टले पाए ।

अवार्डका लागि तीन जनाको नाम मनोनयन गरि त्यसबाट उत्कृष्ट एकजना छानिएको थियो ।

कम्पनीका निर्देशकद्वय राज पाण्डे र डा. रक्षा थापा, अतिथीहरु हरि भट्ट, विकास नेपाल, टंक भट्टराई, जेनिस गिरी, सुनिल थापा, राजन खकुराल लगायतले विजेतालाई ट्रफी, गिफ्ट ह्याम्पर र भौचर प्रदान गरेका थिए ।

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी

औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले राज पाण्डे र डा. रक्षा थापाले व्यवसायमात्र नभई सामाजिक सेवामा समेत गरेको निस्वार्थ कार्यप्रति सम्मान व्यक्त गरे । कार्यवाहक राजदूत दुवाडीले पाण्डे दम्पत्तिको क्रिकेट खेल विकास र खेलाडी प्रोत्साहनमा अतुलनीय योगदानको कदर गर्दै उनीहरुले हेटौंडामा बनाउन लागेको स्पोर्टस् सेन्टरको शुभकामना समेत दिए ।

दुवाडीले नेपाल समृद्धिका लागि डायष्पोरा र विशेषगरि युवा पुस्ताको उल्लेखनीय सहयोग आवश्यक रहेको पनि औंल्याए ।

सो अवसरमा राज र रक्षाले प्रमुख अतिथी दुवाडीसहित अतिथीहरुको सम्मान गरेका थिए । संक्षिप्त मन्तव्यका क्रममा डा. रक्षा थापाले समस्त कर्मचारीहरुको साथ सहयोगकै कारण आफूहरु कम्पनी सञ्चालन गर्न सफल भएको बताउंदै थप प्रोत्साहनका लागि कर्मचारी र खेलाडीलाई अवार्ड प्रदान गरिएको बताइन् । उनले यस खालका इभेन्टले रोजगारदाता र कर्मचारीबीचको आत्मीय सम्बन्ध झल्काउने पनि उल्लेख गरिन् ।

सहभागी अतिथी र कर्मचारीहरुलाई स्वागत गर्दै राज पाण्डेले आफ्नो कम्पनीमा कार्यरत सबैजना पारिवारिक सदस्य जस्तै भएको बताए ।

फेबुअरी २०१९, २०२१ तारिखदेखि सेवा दिन थालेको माया सपोर्टेड लिभिङका अहिले झण्डै दर्जन शाखा छन् । मायाले लर्निङ डिसेबलिटी, अटिजम, मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई ‘सपोर्ट’ 
गर्ने काम गर्छ । यस कम्पनीमा सयौं नेपाली तथा विदेशी कार्यरत छन् ।

उता, माया क्रिकेट क्लवले पनि नेपालबाट भर्खर आएका र बेलायतमै रहेका खेलाडीलाई देश विदेशमा खेल अवसर, प्रशिक्षण, पुरस्कार आदि प्रदान गर्दै आएको छ ।

गाला डिनर तथा अवार्ड नाइटमा विभिन्न मनोरन्जन तथा खेल सेग्मेन्ट राखिएको थियो । सिविरा लामा रुइतले सञ्चालन गरेको उक्त कार्यक्रममा हेम विष्टले साउण्ड सिस्टम र डिजे प्रवन्ध एवं कुशल श्रेष्ठले भिडियो फोटोग्राफी व्यवस्थापन गरेका थिए ।

तस्विर- शिव भण्डारी

निर्देशक राज पाण्डे

युवा उद्यमी दम्पत्ति राज पाण्डे र डा. रक्षा थापा

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू