बुधबार, २६ नोभेम्बर, २०२५
23:10 | ०४:५५

सहारा यूकेको च्यारिटीमा एसके गुरुङ सम्मानित

नेपाली लिङ्क नोभेम्बर २६, २०२५

लण्डन – सहारा यूकेद्वारा २२ नोभेम्बर २०२५ मा आयोजित वार्षिक ‘च्यारिटी डिनर नाइट’ का अवसरमा ल्वाङ गाउँ पर्यटन बोर्डको स्थापना तथा सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका एसके गुरुङलाई विशेष सम्मान प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि बेलायतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी र सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले संयुक्त रूपमा गुरुङलाई ‘प्रशंसा पत्र’ प्रदान गर्दै उनको नेतृत्व, अथक परिश्रम र निरन्तर समर्पणको उच्च प्रशंसा गरेका थिए।

सहारा यूकेका अनुसार, एस.के. गुरुङको दूरदर्शी नेतृत्व र सक्रियताले ल्वाङ गाउँलाई नेपालको एक प्रमुख ग्रामीण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न ठूलो मद्दत पुर्‍याएको छ। ल्वाङ गाउँ पर्यटन बोर्डको व्यवस्थापनमा उनको योगदानले गाउँको पहिचान मात्र फराकिलो बनाएको छैन, सहारा यूकेको प्रतिष्ठालाई समेत नयाँ उचाइमा पुर्‍याएको संस्थाले जनाएको छ।

गुरुङको पहलले सहारा यूके र स्थानीय समुदायबीच दिगो सहकार्यको बलियो आधार निर्माण गरेको अध्यक्ष गुरुङले बताए। संस्थाका प्रतिनिधिहरूले उनको योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्तै प्रेरणादायी कार्यको निरन्तरताको अपेक्षा गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू