सोमबार, १० नोभेम्बर, २०२५
23:54 | ०५:३९

बेलायतको फार्नबरोबाट नेपाली युवा हराएपछि प्रहरीको खोजी शुरु

नेपाली लिङ्क नोभेम्बर १०, २०२५

लन्डन । एक नेपाली युवा बेलायतको फार्नबरोबाट हराएपछि प्रहरीले खोजी कार्य शुरु गरेको छ ।

३२ वर्षीय प्रदीप शाही आइतबार (नोभेम्बर ९) बिहान करिब १०ः३० बजे देखि बेपत्ता भएका हुन् । उनको अवस्थाबारे परिवार, साथीभाइ र स्थानीय निकायले गम्भीर चासो व्यक्त गरेका छन् । प्रदीपको खोजीका लागि स्थानीय प्रहरीले ‘अर्जेन्ट’ अपिल जारी गरेको छ ।

प्रदीप करिब ५ फिट ६ इन्च अग्लो, छोटो घुम्रेको कालो कपाल भएका र हल्का ढल्किएर हिँड्ने बानीका रहेको प्रहरीको अपिलमा छ । उनी अन्तिम पटक खैरो ट्रयाकसुट, हरियो ज्याकेट र खैरो ऊनीको टोपी लगाएको अवस्थामा देखिएका थिए ।

ह्याम्पसायर प्रहरीका प्रवक्ताले अपिलमा भनेका छन्, ‘हामी जसले प्रदीपलाई देखेका छन् वा उनी कहाँ छन् भन्ने कुनै जानकारी छ भने तुरुन्त सम्पर्क गर्न अनुरोध गर्छौं । उनको परिवार र साथीहरू अत्यन्तै चिन्तित छन् ।’

जानकारी हुने जो कोहीलाई ९९९ नम्बरमा फोन गरेर रेफरेन्स नम्बर ४४२५०५०७४१६ उल्लेख गरि सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले फार्नबोरो क्षेत्रका स्थानीयवासीहरू तथा बेलायतभरका नेपाली समुदायलाई पनि यो अपिल व्यापक रूपमा शेयर गर्न अनुरोध गरेको छ ।

हाल प्रहरीले स्थानीय बासिन्दासँग समन्वय सहकार्य गर्दै सम्भावित स्थानहरूमा खोजी कार्य जारी राखेको छ ।

प्रहरीले जनताबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भनेको छ— ‘तपाईंहरुको सानो जानकारी पनि प्रदीपको सुरक्षित फिर्तीमा महत्वपूर्ण हुन सक्छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू