परराष्ट्रको निर्देशनपछि फर्किने भए राजदूत घिमिरे


    
    

राजदूत घिमिरे
लन्डन –परराष्ट्र मन्त्रालयले फिर्ता बोलाइएका ११ देशका राजदूतलाई ३ दिनभित्र मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएसँगै बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे मंगलबार नेपाल फर्किने भएका छन्। राजदूत घिमिरे मंगलबार (४ नोभेम्बर) सांझ नेपाल फर्कन लागेको दूतावास श्रोतले जनाएको हो ।
घिमिरेले गत १७ जनवरी २०२५ मा लन्डनस्थित नेपाली दूतावासमा २३औँ राजदूतका रूपमा कार्यभार सम्हालेका थिए । करिब नौ महिनाको कार्यकालपछि उनी धर्मपत्नी सरिता न्यौपाने घिमिरे र सहयोगीसहित स्वदेश फर्किन लागेका हुन्।
मन्त्रालयले सोमबार जारी गरेको पत्रमा अर्को व्यवस्था नभएसम्मका लागि राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्ने गरि नेपाल बोलाउने १७ कार्तिकमा निर्णय (प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरिय) भएको व्यहोरा जानकारी गराइएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिवले हस्ताक्षर गरेको उक्त पत्रमा भनिएको छ, ‘महामहिमहरूको नाममा यसअघि जारी भएको हवाइ टिकट नै प्रयोग गरि कार्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्क गर्न आइपुग्नु हुन समेत सोही निर्णय अनुसार सादर अनुरोध छ ।’
सर्वोच्च अदालतले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको भोलिपल्टै सरकारले उनीहरूलाई ३ दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन पत्राचार गरेको हो ।
मन्त्रालयले उक्त पत्रमार्फत चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, संयुक्त राज्य अमेरिका र जापानमा कार्यरत राजदूतहरूलाई यो निर्देशन दिएको छ ।
सम्बन्धित देशका राजदूतहरू फर्किएपछि उपनियोग प्रमुखले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्नेछन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
 - २
 - ३
 - ४
 - ५
 



