आइतबार, २ नोभेम्बर, २०२५
15:54 | २१:३९

बेलायतमा रेलभित्र कैयौँलाई छुरा प्रहार

नेपाली लिङ्क नोभेम्बर २, २०२५

लन्डन । पूर्वी इङ्गल्यान्डमा एक रेलमा कैयौँलाई छुरा प्रहार भएको घटनापछि ब्रिटिश प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

क्याम्ब्रिजशरको हन्टिङ्डन स्टेसनमा यात्रुहरूले चालक दललाई सचेत गराएपछि रेललाई आपत्कालीन रूपमा रोक्दै प्रहरी बोलाइएको थियो।

प्रत्यक्षदर्शीहरूले सो घटनाबारे बताउने क्रममा रगतले लतपतिएका पीडितहरू ठूलो चक्कु बोकेको मानिसबाट बच्न भागिरहेको र केही यात्रुहरू शौचालयमा लुकेको बताएका छन्।

प्रहरीले १० जनालाई अस्पताल पुर्‍याइएको बताउँदै तीमध्ये नौ जनालाई ज्यान जोखिममा पार्ने चोट लागेको उल्लेख छ।

ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरले त्यसलाई भयानक घटना भनेका छन्।

प्रहरीले त्यसलाई “ठूलो घटना” घोषणा गर्दै प्रतिआतङ्कवाद अधिकारीहरूले अनुसन्धानलाई सहयोग गर्ने पुष्टि गरेको छ।

रेलमा रहेका एक प्रत्यक्षदर्शीले एक घाइते मानिस “कसैसँग चक्कु छ” भनेर चिच्याउँदै उनीतिर दौडेको क्षणको सम्झना गरेकी छन्।

पछि रेल प्लेटफर्ममा ठूलो चक्कु बोकेका एकजना मानिसलाई देखिएको अर्का एकजना प्रत्यक्षदर्शीले स्काईन्यूजलाई बताएका थिए। –बीबीसी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू