बेलायतभर घुम्ती शिविर बढाउंदै दूतावास, आयरल्याण्डपछि स्कटल्याण्डमा



लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले घुम्ती कन्सुलर शिविर तीव्र बनाएको छ ।
सेवाग्राहीलाई लन्डनसम्म आउन लाग्ने अतिरिक्त पैसा र समयलाई मध्यनजर गर्दै दूतावासले नेपाली उल्लेख्य रहेका बेलायतका राज्यहरुमा आफैं पुगेर शिविर तीव्र पारेको हो ।
दूतावासले आगामी २ नोभेम्बर आइतबार आयरल्याण्ड र १० नोभेम्बर सोमबार स्कटल्याण्डमा घुम्ती कन्सुलर शिविर गर्दैछ ।
दूतावासका अनुसार आयरल्याण्डमा बिहान ११ देखि दिउँसो ४ बजेसम्म पार्नेल स्क्वाएर वेष्ट, रोटुण्डा, डब्लिनमा शिविर सञ्चालन हुनेछ ।
उक्त शिविरमा राहदानी नवीकरणसहित विभिन्न कन्सुलर सेवा प्रदान गरिने दूतावासले जनाएको छ ।
उता, स्कटल्याण्डमा पशुपति नाथ मन्दिर ग्लास्गोमा गर्ने तय भएको छ ।
दूतावासले १० नोभेम्बर २०२६ भित्र राहदानीको बहाल अवधि समाप्त हुने नेपाली नागरिकहरुले नवीकरण गराउन सकिने भएकाले शिविरमा उपस्थित भइ लाभान्वित हुन सबैमा अनुरोध गरेको छ ।
यसअघि १० अक्टोबरमा वेल्समा दूतावासको शिविर सम्पन्न भइसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



