उल्लासमय वातावरणमा तमु समाज यूकेद्वारा लन्डनमा देउसी भैलो



लन्डन । तमु समाज यूकेले यस वर्ष पनि उल्लासमय वातावरणमा देउसी भैलो कार्यक्रम गरेको छ । २४ अक्टोबरका दिन लन्डनस्थित बारहाम पार्क, वेम्ब्लीस्थित समाजको आफ्नै सामुदायिक भवनमा कार्यक्रम भएको हो ।
नेपाली संस्कृति, परम्परा र भातृत्वको प्रतीक महान् चाड तिहार (दीपावली) को उल्लासमय वातावरणलाई सजीव राख्दै लन्डनमा पनि देउसी भैलो खेलिएको समाजले जनाएको छ ।
दीपावली पर्वमा धनकी देवी लक्ष्मी पूजा, दिदीबहिनी र दाजुभाइबीचको प्रेमको प्रतीक भाइटीका र देउसी भैलोको माध्यमबाट सामाजिक सद्भाव एवं एकताको सन्देश प्रसारित गर्ने विश्वास गरिन्छ । यही सांस्कृतिक महिमालाई जीवन्त तुल्याउँदै तमु समाज यूकेले पनि देउसी भैलो आयोजना गरेको जनाइएको छ ।
कार्यक्रमको सुरुवात तमु समाज यूकेकी अध्यक्ष श्रीमती बिन्दु गुरुङ घले, उपाध्यक्ष श्रीमती मिरा गुरुङ र जेष्ठ नागरिक श्रीमती बुद्धी कुमारी गुरुङले संयुक्त रूपमा लक्ष्मी पूजा र दीप प्रज्वलन गरी गरेका थिए । यसले तिहारको धार्मिक तथा सांस्कृतिक महत्वलाई झनै उजागर गरेको समाजको बुझाइ छ ।
महासचिव सुबा घलेले उपस्थित अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेपछि उपाध्यक्ष केदार बहादुर गुरुङ र आमा समूहकी पूर्व अध्यक्ष तथा सल्लाहकार श्रीमती माया गुरुङले देउसी भैलोको सामाजिक र सांस्कृतिक पृष्ठभूमि एवं यसको महत्वबारे प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा परम्परागत देउसी भैलो गीत र नृत्य प्रस्तुत गर्दै उपाध्यक्ष केदार बहादुर गुरुङ, युवा समूह अध्यक्ष प्रज्ज्वलमान गुरुङ र आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङले सबैलाई मनोरञ्जन प्रदान गरे । उल्लेखित प्रस्तुतिहरूले नेपाली मौलिक संस्कृति, भेषभूषा र परम्पराको सुन्दर झलक प्रस्तुत गरेका थिए । युवाहरूको उत्साहजनक सहभागिताले कार्यक्रम थप आकर्षक बनाएको थियो भने पुरानो पुस्ताबाट नयाँ पुस्तामा सांस्कृतिक पहिचानको हस्तान्तरण भएको अनुभूति गरिएको थियो।

कार्यक्रममा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्वअध्यक्षहरू अर्जुन कुमार गुरुङ, शिव चन्द्र गुरुङ र शिव कुमार गुरुङ, उपाध्यक्ष भिम बहादुर गुरुङ, आमा समूहकी उपाध्यक्ष श्रीमती मथुरा गुरुङ, कोषाध्यक्ष चन्द्रकान्त गुरुङ, युवा समूहका निवर्तमान अध्यक्ष ओमकार गुरुङ, सल्लाहकार सुश्री बिजु गुरुङ, ज्ञान बहादुर गुरुङ, धरम बल गुरुङ, जेष्ठ नागरिक प्रेम बहादुर गुरुङ, गुमानसिंह गुरुङ लगायत कयौं आजीवन सदस्य र युवा सदस्यहरूको सक्रिय उपस्थिति थियो ।
यसै अवसरमा दुई जना नव आजीवन सदस्य टउ बहादुर गुरुङ र श्रीमती सिला गुरुङलाई संस्थाका अध्यक्ष श्रीमती बिन्दु गुरुङ घलेले समाजको खदा अर्पण गरी स्वागत तथा सम्मान गरिन् ।
कार्यक्रममा आमा समूहका सदस्यहरूले नेपाली परिकार, सेलरोटी आदि व्यवस्था गरे भने कोषाध्यक्ष चन्द्रकान्त गुरुङले पेय पदार्थ व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए ।
यस वर्षको देउसी भैलो कार्यक्रम सामुदायिक सहयोगका दृष्टिले पनि उल्लेखनीय रहेको समाजले जनाएको छ । कोषाध्यक्ष चन्द्रकान्त गुरुङ र वरिष्ठ उपाध्यक्ष भिम बहादुर गुरुङले चन्दा सङ्कलन व्यवस्थापन गरेका थिए ।
महासचिव सुबा घलेले सदस्यहरू र शुभेच्छुकहरूबाट प्राप्त दान रकमको विवरण प्रस्तुत गर्दै प्रत्यक्ष र अनलाइन माध्यमबाट सोचेअनुसारको दान रकम सङ्कलन गरिएको जानकारी दिए । उनले दाताहरूको नाम ववाचन गर्दै सबैप्रति धन्यवाद पनि दिए ।
अन्त्यमा अध्यक्ष श्रीमती बिन्दु गुरुङ घलेले कार्यक्रम सफल बनाउन योगदान दिने सबै स्वयंसेवक, पदाधिकारी र सहयोगीहरूलाई धन्यवाद दिइन् । उनले तिहारको पवित्र अवसरमा प्राप्त सहयोगले सामुदायिक हितका आगामी योजनामा ठूलो टेवा पुग्ने विश्वास समेत व्यक्त गरिन् ।
देउसी भैलो कार्यक्रम साँझ ४ः३० देखि राति १० बजेसम्म सञ्चालन गरिएको थियो । सांगीतिक प्रस्तुतिमा केदार बहादुर गुरुङ, माया गुरुङ, धरम बल गुरुङ, ज्ञान बहादुर गुरुङ, अर्जुन कुमार गुरुङ, गंगा बहादुर गुरुङ, प्रज्ज्वलमान गुरुङ तथा युवा समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रह्यो ।
आफ्नो देउसी भैलो कार्यक्रम तिहारको सांस्कृतिक महिमा, सामुदायिक एकता र सहयोग सङ्कलनका दृष्टिले अत्यन्तै सफल र उदाहरणीय सावित तमु समाज यूकेको ठहर छ ।
-शिव कुमार गुरुङ

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



