शुक्रबार, २४ अक्टोबर, २०२५
14:54 | १९:३९

बेलायतको सबैभन्दा प्रभावशाली व्यक्ति बनिन् अश्वेत महिला अफुआ कायी

नेपाली लिङ्क अक्टोबर २४, २०२५

लन्डन । बेलायतको बैंक अफ इङ्ग्ल्यान्डकी मुख्य वित्तीय अधिकृत (सीएफओ) अफुआ कायीलाई सन् २०२६ का लागि यूकेको सबैभन्दा प्रभावशाली अश्वेत व्यक्ति घोषणा गरिएको छ।

४३ वर्षीया कायी बेलायतको शीर्ष वित्तीय नेतृत्वमध्ये एक हुन्, जसले बैंक अफ इङ्ग्ल्यान्डको १ ट्रिलियन पाउण्ड बराबरको वित्तीय संरचना र सुधारहरूको जिम्मेवारी सम्हाल्दै आएकी छन्।

पावरलिस्ट २०२६ मा पहिलो स्थानमा परेकी कायीलाई उक्त सूचीमा बेलायतका अफ्रिकी, अफ्रिकी–क्यारेबियन र अफ्रिकी–अमेरिकी मूलका सबैभन्दा प्रभावशाली व्यक्तिहरूबीच सम्मान गरिएको हो।

उक्त सूचीमा पूर्व फुटबलर इयान राइट, मेकअप आर्टिस्ट डेम प्याट म्याक्ग्राथ र अभिनेता इड्रिस एल्बा पनि समावेस छन्।

अक्सफोर्ड विश्वविद्यालयकी स्नातक कायीले प्रिन्सटन विश्वविद्यालयबाट अर्ग्यानिक केमिस्ट्रीमा जुनियर रिसर्च फैलोशिप प्राप्त गरेकी थिइन्। उनले विश्व वित्तीय संकटको समयमा इन्भेस्टमेन्ट बैंकिङमा काम गरेकी थिइन् र पछि बार्कलेज बैंकमा मोर्गेज विभागकी मुख्य वित्तीय अधिकारीको भूमिकामा रहेकी थिइन्।

कायीले भनेकी छन्, ‘बैंकिङ क्षेत्रमा आउन गणित, लेखा वा अर्थशास्त्रमा डिग्री हुनु आवश्यक छैन, नयाँ दृष्टिकोण र उत्कृष्ट व्यक्तिहरू नै पर्याप्त छन्।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू