शुक्रबार, १७ अक्टोबर, २०२५
नेपाल भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह



रासस
अक्टोबर १७, २०२५
वासिङ्टन डिसी (अमेरिका), असोज ३१ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले नेपाल भ्रमणको लागि विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।
बिहीबार विश्व बैंक समूहले यहाँ आयोजना गरेको ‘दिगो पर्यटनः रोजगारी, जीवनयापन आर्थिक वृद्धिको लागि विषयक’ छलफल कार्यक्रममा भाग लिँदै मन्त्री खनालले उक्त धारणा राख्नुभएको हो ।
कार्यक्रममा भाग लिँदै मन्त्री खनालले पर्यटकहरूलाई सदैव न्यानो आथित्यता प्रदान गर्न र विश्वस्तरको उत्कृष्ट सेवा प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ