सोमबार, १३ अक्टोबर, २०२५
22:09 | ०२:५४

विपिन जोशी सहित ४ बन्दीको शव रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण

नेपाली लिङ्क अक्टोबर १३, २०२५

फोटो साभार द टाइम्स अफ इजरायल

लण्डन। हमासले गाजाबाट रेडक्रसमार्फत इजरायललाई चार बन्दीको शव हस्तान्तरण गरेको छ। तीमध्ये नेपाली विद्यार्थी विपिन जोशी, गाइ इलोज, योस्सी शाराबी, र ड्यानियल पेरेज रहेका छन्।

इजरायली सेनाका अनुसार सोमबार साँझ गाजा क्षेत्रमा रहेका सैनिकहरूले रेडक्रसबाट चार वटा कफिन प्राप्त गरे, जसमा उक्त बन्दीहरुको शव रहेको द टाइम्स अफ इजरायलले जनाइएको छ।

शवहरूलाई अबु कबिर फोरेन्सिक इन्स्टिच्युट, तेलअभिव मा लगिएको छ, जहाँ आधिकारिक पहिचानको प्रक्रिया सुरु गरिएको छ। यसको ल्स्स्गी सरु दुई दिन लाग्ने अनुमान छ ।

यसअघि हमासले गाजामा रहेका सबै २० जीवित बन्दीहरूलाई रिहा गरिसकेको छ ।

आफ्नो नियन्त्रणमा रहेका बाँकी २४ मृत बन्दीहरूको शव अझै हस्तान्तरण नगरेको भन्दै इजरायलले युद्धविरामअन्तर्गत भएको सम्झौता उल्लङ्घन गरेको आरोप हमासलाई  लगाएको छ।

तर हमासले भने बाँकी २४ जनाको अवस्थाबारे हालसम्म कुनै टिप्पणी गरेको छैन।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू