सोमबार, १० नोभेम्बर, २०२५
14:27 | २०:१२

हमासले छोड्यो १३ बन्धक

नेपाली लिङ्क अक्टोबर १३, २०२५

काठमाडौँ । हमासले १३ जना बन्धकहरूलाई छाडेको छ। केही बेरअघि बन्धकको अर्को समूहलाई हमासले रेडक्रसको जिम्मा लगाएको इजराइली अनलाइन टाइम्स अफ इजराइलले जनाएको छ।

दोस्रो समूहमा छुटेका बन्धकहरूलाई रेडक्रसले इजराइल पुर्‍याउँदै गरेको पनि टाइम्स अफ इजराइलको समाचारमा उल्लेख छ।

यसअघि पहिलो चरणा छाडिएका बन्धकहरूलाई भने परिवारले समेत भेट गरिसकेका छन्। हमासले पहिलो चरणमा सात जना र दोस्रो चरणमा छ जना बन्धकहरूलाई छाडेको हो।

हमाससँग कुल २० बन्धक जीवित रहेको अनुमान छ। बाँकी २८ जना बन्धकमध्ये केहीको अवस्था अज्ञात छ भने केहीको मृत्यु भइसकेको बताइएको छ।

मृत्यु भइसकेका बन्धकहरूको शव पनि हमासले इजराइललाई हस्तान्तरण गर्नेछ।

गाजाले बन्धकहरू छाड्न थालेपछि इजराइलले पनि जेलमा रहेका प्यालेस्टिनी कैदीहरु छाड्नका लागि बस चढाएर सीमानामा पुर्‍याएको छ । बन्धकहरू इजराइल प्रवेश भएपछि इजराइलले प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्ने बताइएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू