सोमबार, १३ अक्टोबर, २०२५
00:02 | ०४:४७

नेपाली दूतावासको घुम्ती शिविर अब आयरल्याण्डमा

नेपाली लिङ्क अक्टोबर १२, २०२५

लण्डन । नेपाली राजदूतावास लण्डनले आयरल्याण्डमा घुम्ती कन्सुलर शिविर आयोजना गर्ने भएको छ। दूतावासका अनुसार शिविर आगामी २ नोभेम्बर आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म पार्नेल स्क्वाएर वेष्ट, रोटुण्डा, डब्लिनमा सञ्चालन हुनेछ। उक्त शिविरमा राहदानी नवीकरणसहित विभिन्न कन्सुलर सेवा प्रदान गरिने दूतावासले जनाएको छ।

राहदानी नवीकरणका लागि आवेदन दिने नेपाली नागरिकहरूले दूतावासको वेबसाइटमार्फत अनलाइन फारम भरेर प्रिन्टसहित नागरिकता प्रमाणपत्र, पुरानो राहदानी लगायतका आवश्यक कागजातसहित उपस्थित हुनुपर्नेछ।

राजदूतावासका अनुसार राहदानी नवीकरणका लागि ११० पाउण्ड, हराएको राहदानीका लागि २२० पाउण्ड, र १० वर्षभन्दा कम उमेरका बालबालिकाको लागि ५५ पाउण्ड शुल्क तोकिएको छ। साथै, प्रमाणपत्र जारी गर्ने, तस्बिर प्रमाणिकरणजस्ता अन्य कन्सुलर सेवासमेत शिविरमा उपलब्ध गराइनेछ।

शिविरबारे थप जानकारीका लागि गैरआवासीय नेपाली संघ, आयरल्याण्डका अध्यक्ष चेतराज वली (+353-871223681) र महासचिव प्रविन बराल (+353-831771347) लाई सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।

नेपाल राजदूतावासले सेवाग्राहीहरूलाई आफ्नो वेबसाइटमा उल्लेखित सूचना र आवश्यक कागजात सूची जाँच गर्न पनि आग्रह गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू