विशेष सांस्कृतिक कार्यक्रमका साथ जिगेसाले मनायो दशैंतिहार



लन्डन- ग्रीनवीच एक्स गोर्खा सर्भिसमेन एसोसिएसन (जिगेसा) ले एक विशेष सांस्कृतिक कार्यक्रमका साथ दशैँतिहार मनाएको छ।
संस्थाका अध्यक्ष हरिकुमार मल्लको अध्यक्षतामा शनिबार वेलिङ्गस्थित सेन्ट माइकल चर्च हलमा उलेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा दशैंतिहारको शुभकामना साटासाट गर्दै नेपाली सांस्कृतिक पहिचान झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुतिबाट मनोरन्जन गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षण नेपालबाट आएका चर्चित गायक रामजी खाँडको प्रस्तुति थियो। साथमा अन्य विविध सांस्कृतिक कार्यक्रमबाट पनि मनोरन्जन लिइएको थियो।
कार्यक्रममा प्रमुख अतिथि ग्रीनवीच बरोमा हाउजिङ विभागकी मिसेस काज र विशेष अतिथि स्थानीय फार्मेसी प्रतिनिधि नेम ट्रान थिए।
साउथ इष्ट तमुधिं अध्यक्ष शिवराम गुरुङ, आरजिएनएस अध्यक्ष ह्यारी गुरुङ, एनसीआइ ग्रुप यूके अध्यक्ष मोहन गुरुङ, पासा पुच: साउथ इष्ट अध्यक्ष सुरोज मास्के, राजेन्द्र खस, मगर समाज अध्यक्ष खड्कबहादुर पुन, डायमण्ड बुद्धिस्ट सेन्टर यूके अध्यक्ष चन्द्रबहादुर गुरुङ, प्रेमकुमार गुरुङ, डा हरिश कुमार ज्ञवाली, नरेन्द्र कंडेल, अर्क तिम्सिनालगायत अतिथिका रुपमा उपस्थित थिए।
कार्यक्रममा विशेष आकर्षणका रुपमा ८० वर्ष माथिका वृद्ध वृद्धाहरुलाई मौलिक नेपाली ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
सो अवसरमा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष खुम बहादुर गुरुङले दिएका थिए भने औपचारिक कार्यक्रम महासचिव गमबहादुर गुरुङले र सांस्कृतिक कार्यक्रम पूर्व अध्यक्ष लिलादेवी गुरुङले सञ्चालन गरेका थिए।
उपाध्यक्ष चुत्र श्रेष्ठले हेल्थ एण्ड सेफ्टी ब्रिफ दिएका थिए।
संस्थाका अध्यक्ष हरिकुमार मल्लले समाजले गर्दै आएका गतिविधि र भावी योजनाबारे जानकारी दिए। अध्यक्ष मल्लले दशैंतिहारको शुभकामना व्यक्त गर्दै सबैलाई आपसी एकता र सहयोगमा निरन्तर सक्रिय रहन आव्हान गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५