गल्कोट समाज यूकेमा सर्वसम्मत् नयाँ नेतृत्व, अध्यक्ष चुनिए विष्णु चालिसे




नवनिर्वाचित कार्यसमिति
लन्डन- गल्कोट समाज यूकेमा सर्वसम्मत् रुपमा नयाँ नेतृत्व चुनिएको छ।
सोमबार बर्मिङहम वेष्ट ब्रोमिचस्थित समाजको आफ्नै भवनमा सम्पन्न पाँचौँ अधिवेशनले विष्णु चालिसेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
नयाँ कार्यसमितिको तीन उपाध्यक्षमा मिडल्यान्डबाट सुरेश भण्डारी, स्कटल्याण्डबाट धनबहादुर केसी र लन्डनबाट राजु बोहोरा चयन भएका छन्।
महासचिवमा गोबिन्दराम कंडेल, सचिवमा राजु सापकोटा, कोषाध्यक्षमा सिता खरेल र सहकोषाध्यक्षमा तेज भण्डारी निर्वाचित भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यमा सुरेश परियार, मोती सुवेदी, किरण कंडेल, मोहित गौतम, लक्ष्मी खरेल गैरे, विनोद थापा, नागेन्द्र खड्का, बम नेपाली, अर्जुन चालिसे, पुष्प दत्त उप्रेती, दीपक खड्का र हरि सिंह थापा छन्।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिका संयोजक गंगा गौतमले शपथग्रहण गराएका थिए। गौतम संयोजकत्वको निर्वाचन समितिमा लिला बहादुर थापा र डिलाराम गौतम सदस्य थिए।
समाजका अध्यक्ष निर्वाचित विष्णु चालिसे संस्था स्थापनाकालदेखि नै सक्रिय अभियन्ता हुन्। समाजका संस्थापक उपाध्यक्ष रहेका उनले महासचिव र सल्लाहकारजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।
एनआरएनए अभियन्ता समेत रहेका चालिसे एनआरएनए यूके पूर्व सचिव एवं आइसीसी सदस्य पनि हुन्। नटिङहम नेपाली समाजको समेत नेतृत्व गरिसकेका उनले साझा नेपाली समाज यूकेमा पनि उपाध्यक्ष, महासचिवजस्ता जिम्मेवारी पनि निर्वाह गरिसकेका छन्।
अध्यक्षका रुपमा शपथग्रहण गरेपछि चालिसेले समाजलाई अझ बढी बलियो, एकताबद्ध र समावेशी गराएर अघि बढाउने प्रतिवद्धता गरेका छन्। उनले बेलायतमा मात्र नभइ संसारभर रहेका गल्कोटेहरुलाई एक ठाउँमा ल्याउन पहल गर्ने आफ्नो योजना सुनाए।

नवनिर्वाचित अध्यक्ष विष्णु चालिसे
नवनिर्वाचित कार्यसमितिलाई समाजका संस्थापक अध्यक्ष रेशम बुढाथोकी, पूर्व अध्यक्षहरु राजु कंडेल, भोजराज कंडेललगायतले बधाई दिंदै सफल कार्यकालको शुभकामना दिएका थिए।
निवर्तमान अध्यक्ष चन्द्र साहनीले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सिंगो कार्यसमिति, सल्लाहकार एवं सबै सदस्यलाई धन्यवाद दिए।उनले नयाँ टीमलाई आवश्यक हरेक सहयोग उपलब्ध गराउन सधैं तत्पर रहने बताए।
यसअघि अधिवेशनको पहिलो सत्र निवर्तमान अध्यक्ष चन्द्र साहनीको अध्यक्षतामा सम्पन्न भएको थियो। महासचिव कृष्ण खरेलले संचालन गरेको उक्त सत्रमा संस्थापक अध्यक्ष रेशम बुढाथोकीले शुभकामना मन्तव्य दिएका थिए।
सोही सत्रमा महासचिव खरेलले पेश गरेको संस्थाको प्रगतिविवरणलाई सभाले अनुमोदन गरेको थियो।
सभामा लन्डन, मिडल्यान्ड र स्कटल्याण्डसम्मबाट संस्थाका पूर्वअध्यक्ष,पदाधिकारी, सल्लाहकार, सदस्य गरी बेलायतवासी ५ दर्जन बढी गल्कोटेले उत्साहपूर्ण सहभागिता जनाएका थिए।
तस्विर: प्रकाश कंडेल