आइतबार, वैशाख २१, २०८२
02:01 | ०६:४६

गोर्खा कपमा आउने भइन् चर्चित फुटबलर साम्बा

नेपाली लिङ्क मे ३, २०२५

लन्डन । बेलायती डायष्पोराकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यसपटक चर्चित खेलाडी सावित्रा भण्डारी (साम्बा) सहभागी हुने भएकी छन् ।

गोर्खा कपको २३औँ संस्करणमा खेलाडी साम्बा आउने पक्का भएको आयोजक तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले जनाए । अर्की चर्चित खेलाडी प्रिती राईलाई समेत ल्याउने तयारी भइरहेपनि उनको अन्तरराष्ट्रिय खेलका कारण व्यस्त भएर पक्का भइनसकेको गुरुङले जनाए ।

‘राष्ट्रिय खेलाडीलाई प्रोत्साहन, सम्मान र बेलायतको इभेन्टमा पनि राष्ट्रिय खेलाडीहरु मुख्य आकर्षण हुने भएकाले बोलाइएको हो’, अध्यक्ष गुरुङले नेपालीलिंकसंग भने ।

लमजुङ, सिम्पानी-७ पाम्चोकमा जन्मिएकी सावित्राले प्राप्त गरेको सफलता नेपाली फुटबलकै लागि दुर्लभ उपलब्धि र लोभलाग्दो छ । सन् २०१४ बाट नेपालको राष्ट्रिय जर्सी पहिरिन थालेकी उनी अन्तर्राष्ट्रिय फुटबलमा अत्यधिक गोल गर्ने पहिलो महिला खेलाडी हुन् । उनलाई ‘गोल मसिन’ उपनामले पनि चिनिन्छ ।

फ्रान्सको शीर्ष डिभिजनको क्लब ‘अन आभान्ट ग्वेङ’गाम्प’ मा अनुबन्ध साम्बा युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी हुन्।

आयोजक तमुधिं यूके यतिखेर प्रतियोगिता सफल बनाउने तयारीमा जुटिरहेको छ । अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुने गोर्खा कपमा यस वर्ष मेन क्याटगोरिजमा ३२, भेट्रानतर्फ १६ र महिला ४ टीमबीच प्रतिष्पर्धा गराइने इभेन्ट संयोजक एवं तमुधिं यूकेका खेलकुद सचिव क्याप्टेन (रि) दीपक घलले जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू