शनिबार, मंसिर २९, २०८१
16:49 | २२:३४

वेल्समा आयोजित डब्लुएमएसी खुला प्रतियोगितामा राईले जिते स्वर्णसहित दुई पदक

नेपाली लिङ्क नोभेम्बर २५, २०२४


लन्डन । डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा सन्जितकुमार राईले स्वर्णसहित दुई पदक जितेका छन् ।

नोभेम्बर २४ मा ईबीबीडब्लू भेल लिजर सेन्टर, साउथ वेल्समा भएको प्रतियोगितामा सन्जितले दुई स्पर्धामा समान एक स्वर्ण र रजत जितेका हुन् ।

सन्जितले क्रियटिभ फम्सको मिक्स ब्ल्याकवेल्ट सफ्ट स्टायलमा स्वर्ण जिते । उनले २६.७ अंक जोडे । ट्रेडिसनल फम्सको मिक्स ब्ल्याकबेल्टमा रजत जित्ने क्रममा सन्जितले २६.४ स्कोर गरे ।

प्रतियोगितामा ४५० खेलाडीको सहभागिता थियो ।

सन्जितको पाँचौँ अन्तर्राष्ट्रिय पदक हो । यसअघि, सन्जितले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा एक स्वर्ण र एक कांस्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । 

राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले दुई स्वर्ण जितेका छन् । सन्जितले भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायका रूपमा पनि काम गरेका थिए । सन्जित नेपाल उमा कुङफु संघका नवनिर्वाचित अध्यक्ष हुन् ।

प्रतियोगिताको क्रममा सन्जितको डब्लूएमएसी वेल्सका अध्यक्ष क्रिस स्पार्क्ससँग पनि भेट भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू