बिहीबार, साउन ३, २०८१
18:21 | २३:०६

‘कलेजी कटाउन्या माया’ बाट थप चर्चामा कविता (भिडियो)

नेपाली लिङ्क जुन ३०, २०२४

काठमाडौं । मोडल कविता न्यौपाने यतिखेर फेरि चर्चामा छिन् ‘कलेजी कटाउन्या माया’ मा सशक्त अभिनयका कारण ।

कवितासहित जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’ को म्यूजिक भिडियो सार्वजनिक भएसंगै कविताको तारिफ भएको हो ।

गायकद्वय महेश कुमार औजी र बादल थापाको स्वर रहेको ‘कलेजी कटाउन्या माया’ गीतको म्यूजिक भिडियो नेपमेलोकै आधिकारिक यूट्युव च्यानल नेपमेलोबाट सार्वजनिक गरिएको छ ।

उक्त भिडियो दुई दिनमै ८० हजार बढीले हेरेका छन् ।

नेपमेलोको प्रस्तुतिमा तयार म्यूजिक भिडियोमा कविता, जोन र चक्रको ह्दयस्पर्सी प्रेम र विछोडको कथा छ ।

झण्डै ४ वर्षअघि मोडलिङ यात्रा शुरु गरेर छोटो समयमै एकसय बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी कविताको अभिनय नयां भिडियोमा पनि दमदार छ ।

‘कलेजी कटाउन्या माया’ मा पनि कविताको तारिफयोग्य अभिनय रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । बाग्लुङ ढोरपाटन आरक्षणभित्र छायांकन गरिएको भिडियो आकर्षक छ ।

गायकद्वय महेश कुमार औजी र बादल थापाको स्वर रहेको यो गीत करिब १० वर्ष अगाडि बजारमा आएको थियो ।

गीत सार्वजनिक भएपछि सुदुरपश्चिमका ९ जिल्लामा यसले तहल्का नै मच्चायो । गीत अत्याधिक सफल भएपछि गायक औजी र थापाले सोही गीत अहिले नयाँ भर्जनमा ल्याएका हुन्।

गीतमा शब्द र संगीत महेश स्वयंले भरेका छन् ।

कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका छन् । भिडियोको निर्देशन भने पछिल्लो समयका व्यस्त निर्देशक सान थापाले गरेका हुन् । भिडियोको कन्सेप्ट पनि सानकै हो । निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन्।

मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा कुमार रानाको मिक्सिङ मास्टरिङ, सरिता मगरको मेकअप, अनुस्का डिसीको पहिरन, टौवा क्रियसनको पोस्टर डिजाइन र वुद्ध थापाको सिनेमाटोग्राफी छ ।

हेरौं भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू